Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-59

Page 59

ਸਾਹਿਬੁ ਅਤੁਲੁ ਨ ਤੋਲੀਐ ਕਥਨਿ ਨ ਪਾਇਆ ਜਾਇ ॥੫॥ त्यो साहेब (प्रभु) अतुलनिय छन् जसलाई वस्तुसँग तौलिन सकिन्दैन, उसको प्राप्ति केवल भनेर र बात गरेर मात्र हुँदैन। ॥ ५ ॥
ਵਾਪਾਰੀ ਵਣਜਾਰਿਆ ਆਏ ਵਜਹੁ ਲਿਖਾਇ ॥ सबै जिव व्यपारी हो। उनिहरु जगतमा नामको व्यपार गर्न आउँछन्। उ प्रभुको दरबारमा आफ्नो व्यापार लेखाएर आउँछन्। भाव सबै मानिसहरू स्वासको एक पुर्व तोकिएको संख्यासँग यो संसारमा आएको हुन्छ जसरी एक फेरीवाला पुर्व धेरै धनभएको सहरमा आउँछन्।
ਕਾਰ ਕਮਾਵਹਿ ਸਚ ਕੀ ਲਾਹਾ ਮਿਲੈ ਰਜਾਇ ॥ जो सत्यको कमाई गर्छ ( भरवानको नामको ध्यान गर्छ) र ईश्वरको इच्छासाई स्विकार गर्छ। उसले कर्मको लाभ उठाउँछ। भाव सत्य काम गर्ने वाला प्राणी ईश्वरको इच्छाले नामको घन कमाउँछ।
ਪੂੰਜੀ ਸਾਚੀ ਗੁਰੁ ਮਿਲੈ ਨਾ ਤਿਸੁ ਤਿਲੁ ਨ ਤਮਾਇ ॥੬॥ सत्यको पूँजी द्वारा उसले गुरुलाई प्राप्त गर्छ, जसको तुल्य मात्र लोभ-लालच हो ॥ ६॥
ਗੁਰਮੁਖਿ ਤੋਲਿ ਤੋੁਲਾਇਸੀ ਸਚੁ ਤਰਾਜੀ ਤੋਲੁ ॥ सत्यको तराजूमा सत्यको वजनले गुरमुख प्राणियहरलाई गुरदेव स्वयं तोल्नु हुन्छ तथा अरूलाई तौलिन लगानुहुन्छ। गुरुको अनुयायी सँधै गुरुको शिक्षाहरूको अनुसार आफ्नो सत्य नामको धनको आकलन गरिरहन्छन्।
ਆਸਾ ਮਨਸਾ ਮੋਹਣੀ ਗੁਰਿ ਠਾਕੀ ਸਚੁ ਬੋਲੁ ॥ गुरुले, जसको वचन सत्य छ, आशा-तृष्णा जसले सबैलाई भट्काउँछ, त्यसको रोकथाम (गुरु) गर्नुहुन्छ। आशा-तृष्णा जसले सबैलाई अफ्नो बहावमा बगाएर लान्छ, त्यसको रोकथाम सत्य वचन बोल्ने वाला गुरुले गर्नुहुन्छ।
ਆਪਿ ਤੁਲਾਏ ਤੋਲਸੀ ਪੂਰੇ ਪੂਰਾ ਤੋਲੁ ॥੭॥ परमेश्वर कर्मको आधारमा प्राणीहरूको स्वयं तराजुमा तोल्नुहुन्छ, पूर्ण पुरुषको तोल-परिमाण पुर्ण हुन्छ। ॥ ७॥
ਕਥਨੈ ਕਹਣਿ ਨ ਛੁਟੀਐ ਨਾ ਪੜਿ ਪੁਸਤਕ ਭਾਰ ॥ केवल भनेर तथा बातचीत द्वारा किसैको मुक्ति हुँदैन न त धेरैवटा ग्रन्थहरूको अध्ययन द्वारा हुन्छ।
ਕਾਇਆ ਸੋਚ ਨ ਪਾਈਐ ਬਿਨੁ ਹਰਿ ਭਗਤਿ ਪਿਆਰ ॥ हरिको भक्ति र प्रीतिको बिना तनको पवित्रता प्राप्त हुन सक्दैन।
ਨਾਨਕ ਨਾਮੁ ਨ ਵੀਸਰੈ ਮੇਲੇ ਗੁਰੁ ਕਰਤਾਰ ॥੮॥੯॥ हे नानक ! मेलै भगवानको नाम नबिर्सिनु परोस र गुरु मलाई भगवानसँग मेल गराईदिनु होस। ॥ ८ ॥९ ॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥ सिरीरागु महला १ ॥
ਸਤਿਗੁਰੁ ਪੂਰਾ ਜੇ ਮਿਲੈ ਪਾਈਐ ਰਤਨੁ ਬੀਚਾਰੁ ॥ यदि प्राणीलाई पूर्ण सतगुरु भेटिए भने उसले ज्ञान रूपी रत्न प्राप्त भएको हुन्छ।
ਮਨੁ ਦੀਜੈ ਗੁਰ ਆਪਣੇ ਪਾਈਐ ਸਰਬ ਪਿਆਰੁ ॥ यदि आफ्नो मन आफ्नो गुरुलाई अर्पण गर्यौ भने हामीलाई परमेश्वरको प्रेम प्राप्त हुनेछ।
ਮੁਕਤਿ ਪਦਾਰਥੁ ਪਾਈਐ ਅਵਗਣ ਮੇਟਣਹਾਰੁ ॥੧॥ उसलाई गुरु बाट मोक्ष-रूपी धन प्राप्त हुनेछ जो समस्त अवगुणहरूको नाश गर्ने वाला छ॥१॥
ਭਾਈ ਰੇ ਗੁਰ ਬਿਨੁ ਗਿਆਨੁ ਨ ਹੋਇ ॥ हे भाइ! गुरुबिना कुनै ज्ञान पाउँदैन।
ਪੂਛਹੁ ਬ੍ਰਹਮੇ ਨਾਰਦੈ ਬੇਦ ਬਿਆਸੈ ਕੋਇ ॥੧॥ ਰਹਾਉ ॥ चाहे कोही पनि गएर ब्रह्मा, नारद एवं वेदहरूको रचयिता व्यासलाई सोध॥१॥ रहाउ ॥
ਗਿਆਨੁ ਧਿਆਨੁ ਧੁਨਿ ਜਾਣੀਐ ਅਕਥੁ ਕਹਾਵੈ ਸੋਇ ॥ ज्ञान एवं ध्यान गुरुको शब्द द्वारा नै प्राप्त हुन्छ र गुरु अफ्नो सेवकसँग अकथनीय हरिको वर्णन गराउनु हुन्छ।
ਸਫਲਿਓ ਬਿਰਖੁ ਹਰੀਆਵਲਾ ਛਾਵ ਘਣੇਰੀ ਹੋਇ ॥ गुरुजी हरी-भरी, फल प्रदान गर्ने वाला एवं छायादार वृक्ष जस्तै हुनुहुन्छ।
ਲਾਲ ਜਵੇਹਰ ਮਾਣਕੀ ਗੁਰ ਭੰਡਾਰੈ ਸੋਇ ॥੨॥ सर्वगुण मणिहरू, जवाहर एवं पन्नाहरू यी गुरुजीको अमूल्य भण्डारमा छ। २॥लाल, जवाहरात, माणि इत्यादि गुणहरूले भरपूर परमेश्वर गुरुजीको अमूल्य खजानाले नै प्राप्त प्राप्त हुन्छ।
ਗੁਰ ਭੰਡਾਰੈ ਪਾਈਐ ਨਿਰਮਲ ਨਾਮ ਪਿਆਰੁ ॥ गुरुजीको कोष गुरुवाणीबाट पवित्र-पावन नामको प्रीति प्राप्त हुन्छ।
ਸਾਚੋ ਵਖਰੁ ਸੰਚੀਐ ਪੂਰੈ ਕਰਮਿ ਅਪਾਰੁ ॥ अनन्त परमेश्वरको पूर्ण कृपा द्वारा हामी सत्य नामको सौदा एकट्ठा गर्छौ।
ਸੁਖਦਾਤਾ ਦੁਖ ਮੇਟਣੋ ਸਤਿਗੁਰੁ ਅਸੁਰ ਸੰਘਾਰੁ ॥੩॥ सुखको दाता सतगुरु सुख प्रदान गर्ने वाला, कष्ट हरने वासा एवं दुष्कर्मको दानवहरूको नास गर्नेवाला हुन्। ॥३॥
ਭਵਜਲੁ ਬਿਖਮੁ ਡਰਾਵਣੋ ਨਾ ਕੰਧੀ ਨਾ ਪਾਰੁ ॥ यो भवसागर धेरै विसालु एवं भयानक छ, यसको कुनै पनि जमिन छैन न त यसको कुनै वार-पार किनारा छ।
ਨਾ ਬੇੜੀ ਨਾ ਤੁਲਹੜਾ ਨਾ ਤਿਸੁ ਵੰਝੁ ਮਲਾਰੁ ॥ यसको न कुनै नाव ध न कुनै काठ छ, न ल कुनै दाबिलो छ र न त कोही ख्याउने छ।
ਸਤਿਗੁਰੁ ਭੈ ਕਾ ਬੋਹਿਥਾ ਨਦਰੀ ਪਾਰਿ ਉਤਾਰੁ ॥੪॥ सतगुरु मात्र भयानक सागरमा एक जहाज हुनुहुन्छ, जसको कृपा दृष्टि मानिसलाई पार लगाउँछ अर्थात यो लाकबाट परलोक पुर्याउछन्।॥ ४॥
ਇਕੁ ਤਿਲੁ ਪਿਆਰਾ ਵਿਸਰੈ ਦੁਖੁ ਲਾਗੈ ਸੁਖੁ ਜਾਇ ॥ यदि म एक क्षण भरीको लागि प्रीतम प्रभुलाई विस्मृत गर्छु भने मलाई कष्टले घेर्छ तथा सुख जानेछ।
ਜਿਹਵਾ ਜਲਉ ਜਲਾਵਣੀ ਨਾਮੁ ਨ ਜਪੈ ਰਸਾਇ ॥ जो जिब्रो प्रेमले ईश्वरको नामको उच्चारण गर्दैन, त्यो जलेको हुनुपर्छ, किनभने नाम उच्चारण नगर्ने जिब्रो जलाउने लायक छ।
ਘਟੁ ਬਿਨਸੈ ਦੁਖੁ ਅਗਲੋ ਜਮੁ ਪਕੜੈ ਪਛੁਤਾਇ ॥੫॥ जब शरीरको भाँड़ा फुट्छ अर्थात जब कसै मानिसको शरीर नष्ट हुन्छ, मानिसले धेरै कष्ट भोग्छ र जब यमदुत अठ्याउछन् तब मानिस पश्चाताप प्रकट गर्छन्।॥५॥
ਮੇਰੀ ਮੇਰੀ ਕਰਿ ਗਏ ਤਨੁ ਧਨੁ ਕਲਤੁ ਨ ਸਾਥਿ ॥ मनिस “मलाई, म, मेरो” भन्दै संसारबाट गएको हो र उसको तन, धन एवं नारिहरू उसको साथ गएनन् अर्थात् मृत्युकालको समय कसैले साथ दिँदैनन्।
ਬਿਨੁ ਨਾਵੈ ਧਨੁ ਬਾਦਿ ਹੈ ਭੂਲੋ ਮਾਰਗਿ ਆਥਿ ॥ प्रभुको नामको बिना सबै धन व्यर्य हो। धन आदिको लोभमा बगेको प्राणी कुमार्गमा लाग्छन्।
ਸਾਚਉ ਸਾਹਿਬੁ ਸੇਵੀਐ ਗੁਰਮੁਖਿ ਅਕਥੋ ਕਾਥਿ ॥੬॥ यसै कारण गुरुको आश्रयमा आएर परमेश्वरको भक्ति गर र आकथनिय परमात्माको वर्णन गर। ॥६॥
ਆਵੈ ਜਾਇ ਭਵਾਈਐ ਪਇਐ ਕਿਰਤਿ ਕਮਾਇ ॥ प्राणी आवागमनको चक्करमा परेर जन्म लिन्छ र मरि रहन्छ र योनिहरूमा परि रहन्छ।
ਪੂਰਬਿ ਲਿਖਿਆ ਕਿਉ ਮੇਟੀਐ ਲਿਖਿਆ ਲੇਖੁ ਰਜਾਇ ॥ उ आफ्नो पूर्व जन्मको कर्महरूको अनुसार काम गर्छ। विधाता द्वारा लेखिएको भाग्यलाई कसरी मेटाउन सकिन्छ, यो भाग्य परमेश्वरको ईच्छा अनुसार नै लेखिएको हो।
ਬਿਨੁ ਹਰਿ ਨਾਮ ਨ ਛੁਟੀਐ ਗੁਰਮਤਿ ਮਿਲੈ ਮਿਲਾਇ ॥੭॥ ईश्वरको नामको बिना प्राणी आवगमनबाट मुक्त हुन सक्दैन। गुरु उपदेशको गरेर नै मानिस परमात्मालाई प्राप्त गर्छन्। ॥७॥
ਤਿਸੁ ਬਿਨੁ ਮੇਰਾ ਕੋ ਨਹੀ ਜਿਸ ਕਾ ਜੀਉ ਪਰਾਨੁ ॥ मेरो प्राणको स्वामी परमात्मा बेगर मेरो कोही आफ्नो छैन, मेरो आत्मा वा जीवन सबैमा उसको अधिकार छ।
ਹਉਮੈ ਮਮਤਾ ਜਲਿ ਬਲਉ ਲੋਭੁ ਜਲਉ ਅਭਿਮਾਨੁ ॥ हे मेरो अहंकार एवं सांसारिक लोभ ! तिमी जलेर खरानी हुअ, मेरो लोभ, ममता, अभिमान इत्यादि सबै जलोस जो मलाई ईश्वरबाट टाड़ो पार्छ।
ਨਾਨਕ ਸਬਦੁ ਵੀਚਾਰੀਐ ਪਾਈਐ ਗੁਣੀ ਨਿਧਾਨੁ ॥੮॥੧੦॥ हे नानक ! नामको आराधना गर्नाले गुणहरूको भण्डार (ईश्वर) को प्राप्ति हुनेछ। ॥८ ॥१०॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥ सिरीरागु महला १ ॥
ਰੇ ਮਨ ਐਸੀ ਹਰਿ ਸਿਉ ਪ੍ਰੀਤਿ ਕਰਿ ਜੈਸੀ ਜਲ ਕਮਲੇਹਿ ॥ हे मेरो मन ! ईश्वरसँग यस्तो प्रेम गर, जस्तो कमलले पानीलाई गर्छ।
ਲਹਰੀ ਨਾਲਿ ਪਛਾੜੀਐ ਭੀ ਵਿਗਸੈ ਅਸਨੇਹਿ ॥ जसरी कमलको फूल पानीको लहरले हिर्काउँदा हल्लिन्छ तर पनि पानी प्रति प्रेमले फुली रहन्छ, यस्तै प्रकारले हाम्रो जीवनमा संघर्ष आउँदा पनि भगवानलाई प्रेमपूर्वक याद गरेर फुलीरहु पर्छ
ਜਲ ਮਹਿ ਜੀਅ ਉਪਾਇ ਕੈ ਬਿਨੁ ਜਲ ਮਰਣੁ ਤਿਨੇਹਿ ॥੧॥ प्रभु पानीको भुत्र यस्तो प्राणी उत्पन्न गर्नु भएको छ जसको पानी बिना मृत्यु हुन्छ।॥१॥


© 2025 SGGS ONLINE
error: Content is protected !!
Scroll to Top