Page 20
ਪੰਚ ਭੂਤ ਸਚਿ ਭੈ ਰਤੇ ਜੋਤਿ ਸਚੀ ਮਨ ਮਾਹਿ ॥
जुन सत्य स्वरूपको भयसँग पाँचै भौतिक तत्व(सम्पूर्ण मान शरीर) जोडिएका हुन्छन् त्यस सत्य स्वरूप परमात्माको परम ज्योति मनमा निवास गर्दछन्।
ਨਾਨਕ ਅਉਗਣ ਵੀਸਰੇ ਗੁਰਿ ਰਾਖੇ ਪਤਿ ਤਾਹਿ ॥੪॥੧੫॥
सतगुरू जी भन्नुहुन्छ कि जुन मानम जीवले समस्त अवगुण बिर्सिएको हुन्छ गुरु स्वयंले उसको प्रतिष्ठाको रक्षा गर्नुहुन्छ ॥४॥१५॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਨਾਨਕ ਬੇੜੀ ਸਚ ਕੀ ਤਰੀਐ ਗੁਰ ਵੀਚਾਰਿ ॥
गुरू नानक जी भन्नुहुन्छ कि गुरू-उपदेशको मनन गर्नाले नै सत्य नाम रूपी नौकामा सवार बएर जीव भवसागरलाई पार गर्न सक्दछ।
ਇਕਿ ਆਵਹਿ ਇਕਿ ਜਾਵਹੀ ਪੂਰਿ ਭਰੇ ਅਹੰਕਾਰਿ ॥
तर अनेक जीवहरूले अभिमान गरेर जन्म लिइरहेका छन् अनि मृत्यु प्राप्त गरिरहेका छन्।
ਮਨਹਠਿ ਮਤੀ ਬੂਡੀਐ ਗੁਰਮੁਖਿ ਸਚੁ ਸੁ ਤਾਰਿ ॥੧॥
जिद्दी मानिस मनको बुद्धिका कारण संसार-सागरको विकारहरूमा डुबेको हुन्छ तर गुरुले देखाउनुभएको सत्यको मार्गमा हिँड्दा यो संसार सागर पार गर्न सकिन्छ।।१।।
ਗੁਰ ਬਿਨੁ ਕਿਉ ਤਰੀਐ ਸੁਖੁ ਹੋਇ ॥
गुरुको आश्रय बिना कसरी यो भवसागर पार गर्न सकिन्छ अनि कसरी आध्यात्मिक आनन्द प्राप्त गर्न सकिन्छ।
ਜਿਉ ਭਾਵੈ ਤਿਉ ਰਾਖੁ ਤੂ ਮੈ ਅਵਰੁ ਨ ਦੂਜਾ ਕੋਇ ॥੧॥ ਰਹਾਉ ॥
यसर्थ, मसँग तपाईंबाहेक अरू कोही शरणस्थान छैन, तपाईंले मलाई आफ्नो इच्छाअनुसार रक्षा गर्नुहोस् भन्ने दृढ संकल्पका साथ परमेश्वरलाई बिन्ती गर।
ਆਗੈ ਦੇਖਉ ਡਉ ਜਲੈ ਪਾਛੈ ਹਰਿਓ ਅੰਗੂਰੁ ॥
सृष्टिको आश्चर्यजनक दृश्यको वर्णन गर्दै गुरु जी भन्नुहुन्छ, "हे मानव! जब म संसारको अगाडि हेर्छु (श्मशान घाटमा), दावानल प्रज्वलित हुन्छ, र जब म पछाडि फर्केर हेर्छु (संसारमा), बिरुवाहरू अङ्कुरित हुन्छन्, अर्थात्, नयाँ जीवहरू जन्मिरहेका छन्।
ਜਿਸ ਤੇ ਉਪਜੈ ਤਿਸ ਤੇ ਬਿਨਸੈ ਘਟਿ ਘਟਿ ਸਚੁ ਭਰਪੂਰਿ ॥
जुन सृष्टिकर्ताको आदेशद्वारा यो सांसारिक जीव जन्मिरहेका छन् अनि जुन संहारक शक्तिको आज्ञाले नष्ट भइरहेका छन्, ती परिपूर्ण सत्य परमेश्वर कण-कणमा व्याप्त छन्।
ਆਪੇ ਮੇਲਿ ਮਿਲਾਵਹੀ ਸਾਚੈ ਮਹਲਿ ਹਦੂਰਿ ॥੨॥
उसले स्वयं गुरुसँग मिलाप गराउँदछ अनि गरुसँग मिलेर जीव सत्य स्वरूपको समक्ष हुँदछ।।२।।
ਸਾਹਿ ਸਾਹਿ ਤੁਝੁ ਸੰਮਲਾ ਕਦੇ ਨ ਵਿਸਾਰੇਉ ॥
हे परमप्रभु! कृपा गर्नुहोस्, म श्वास-श्वास तपाईँलाई स्मरण गरूँ कहिल्यै नबिर्सूँ।
ਜਿਉ ਜਿਉ ਸਾਹਬੁ ਮਨਿ ਵਸੈ ਗੁਰਮੁਖਿ ਅੰਮ੍ਰਿਤੁ ਪੇਉ ॥
हे साहिव! जब-जब तिमी मेरो मनमा बास गर्छौ, तब-तब म आत्मिक आनन्द दिने नाम रूपी अमृत पिइरहनेछु।
ਮਨੁ ਤਨੁ ਤੇਰਾ ਤੂ ਧਣੀ ਗਰਬੁ ਨਿਵਾਰਿ ਸਮੇਉ ॥੩॥
हे परमातमा! मेरो तन र मन तपाईँले नै दिनुभएको हो, तपाईँ मेरो स्वामी हुनुहुन्छ, त्यसकारण कृपा गरी मेरो अन्तरमनबाट अहंकार हटाएर मलाई आफुमा विलिन गर्नुहोस्।
ਜਿਨਿ ਏਹੁ ਜਗਤੁ ਉਪਾਇਆ ਤ੍ਰਿਭਵਣੁ ਕਰਿ ਆਕਾਰੁ ॥
जुन परमात्माले यो सृष्टिको निर्माण गरेका हुन्, उनले यी तिन लोकलाई आकार दिएका हुन्।
ਗੁਰਮੁਖਿ ਚਾਨਣੁ ਜਾਣੀਐ ਮਨਮੁਖਿ ਮੁਗਧੁ ਗੁਬਾਰੁ ॥
यस रहस्यमयी ज्ञानलाई गुरमुख जीवले नै बुझ्दछन्, मायाधारी मनमुख विमुढ जीव अन्धकारमा रहन्छन्।
ਘਟਿ ਘਟਿ ਜੋਤਿ ਨਿਰੰਤਰੀ ਬੂਝੈ ਗੁਰਮਤਿ ਸਾਰੁ ॥੪॥
श्रेष्ठ गुरूको शिक्षा प्राप्त जीवले मात्र सर्वव्यापी ज्योतिलाई निरन्तर चिन्न सक्छ।।४।।
ਗੁਰਮੁਖਿ ਜਿਨੀ ਜਾਣਿਆ ਤਿਨ ਕੀਚੈ ਸਾਬਾਸਿ ॥
जुन गुरमुख जीवले ती परमात्मालाई चिनेको छ, उ धन्य हो।
ਸਚੇ ਸੇਤੀ ਰਲਿ ਮਿਲੇ ਸਚੇ ਗੁਣ ਪਰਗਾਸਿ ॥
जो परमात्माको साँचो नाउँमा लिप्त भएर त्यही सत्यमा अभेद्य भएका छन्।
ਨਾਨਕ ਨਾਮਿ ਸੰਤੋਖੀਆ ਜੀਉ ਪਿੰਡੁ ਪ੍ਰਭ ਪਾਸਿ ॥੫॥੧੬॥
श्री गुरु नानक जी भन्नुहुन्छ कि उनी नामले सन्तुष्ट भएका छन् अनि आफ्नो जीवन औ शरीर ती भगवानलाई सुम्पेका छन्।।५।।१६।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਸੁਣਿ ਮਨ ਮਿਤ੍ਰ ਪਿਆਰਿਆ ਮਿਲੁ ਵੇਲਾ ਹੈ ਏਹ ॥
हे प्रिय मित्र मन ! सुन, यो समय (मानव जन्म) परमात्मासँग मिल्ने हो।
ਜਬ ਲਗੁ ਜੋਬਨਿ ਸਾਸੁ ਹੈ ਤਬ ਲਗੁ ਇਹੁ ਤਨੁ ਦੇਹ ॥
जबसम्म यो यौवनावस्थाको शुरु चरणमा हुन्छ, यो शरीर सिमरन नाम धारण गर्न योग्य छ। अर्थात् बुढेसकालमा हुने कमजोरीले सिमरनलाई अनुमति दिँदैन ।
ਬਿਨੁ ਗੁਣ ਕਾਮਿ ਨ ਆਵਈ ਢਹਿ ਢੇਰੀ ਤਨੁ ਖੇਹ ॥੧॥
शुभ गुणहरू बिना यो शरीरको कुनै काम छैन, अन्तमा यसलाई नष्ट गरेर खरानीको थुप्रो बनाउनुपर्छ । 1.
ਮੇਰੇ ਮਨ ਲੈ ਲਾਹਾ ਘਰਿ ਜਾਹਿ ॥
ए मेरो प्रिय मन! तिमी नाम-स्मरणको फाइदा उठाएर सत्य स्वरूप धारण गर्नेछौ।
ਗੁਰਮੁਖਿ ਨਾਮੁ ਸਲਾਹੀਐ ਹਉਮੈ ਨਿਵਰੀ ਭਾਹਿ ॥੧॥ ਰਹਾਉ ॥
गुरुको नजिक गएर नाम-स्मरण गर, यसले अहंकारको अग्नी निभ्नेछ।।१।।रहाउ।।
ਸੁਣਿ ਸੁਣਿ ਗੰਢਣੁ ਗੰਢੀਐ ਲਿਖਿ ਪੜਿ ਬੁਝਹਿ ਭਾਰੁ ॥
धेरै कथाहरू सुनेर बौद्धिक उथलपुथलमा संलग्न हुन्छन्, र धेरैले लेखेर, पढेर र सोचेर पदहरू जम्मा गर्छन्, तिनीहरू आफै बोझ जस्तै हुन्छन्।
ਤ੍ਰਿਸਨਾ ਅਹਿਨਿਸਿ ਅਗਲੀ ਹਉਮੈ ਰੋਗੁ ਵਿਕਾਰੁ ॥
उनको तृषणा दिन-रात बढिरहन्छ अनि अहंकारको रोगले ग्रस्त भएर धेरै प्रकारका विकार उत्पन्न हुँदछ।
ਓਹੁ ਵੇਪਰਵਾਹੁ ਅਤੋਲਵਾ ਗੁਰਮਤਿ ਕੀਮਤਿ ਸਾਰੁ ॥੨॥
ती प्रभु निश्चित र अपरिमेय हुनुहुन्छ, उहाँको बारेमा ज्ञान केवल गुरुको शिक्षाद्वारा प्राप्त हुन्छ।
ਲਖ ਸਿਆਣਪ ਜੇ ਕਰੀ ਲਖ ਸਿਉ ਪ੍ਰੀਤਿ ਮਿਲਾਪੁ ॥
हामी लाखौं प्रकारका चतुराई गरौं अनि लाखौं मानिसहरूलाई प्रेम गरौं।
ਬਿਨੁ ਸੰਗਤਿ ਸਾਧ ਨ ਧ੍ਰਾਪੀਆ ਬਿਨੁ ਨਾਵੈ ਦੂਖ ਸੰਤਾਪੁ ॥
(ता पनि) सन्तहरूको सङ्गति नगरी तृप्ति हुँदैन तथा नाम स्मरण बिना सांसारिक दुःख एवम् सन्ताप भइरहन्छ।
ਹਰਿ ਜਪਿ ਜੀਅਰੇ ਛੁਟੀਐ ਗੁਰਮੁਖਿ ਚੀਨੈ ਆਪੁ ॥੩॥
हे जीव! गुरूको उपदेशद्वारा आँफुलाई चिनेर हरि भजन गरी यी विकारहरूबाट छुटकारा पाउन सकिन्छ।।३।।
ਤਨੁ ਮਨੁ ਗੁਰ ਪਹਿ ਵੇਚਿਆ ਮਨੁ ਦੀਆ ਸਿਰੁ ਨਾਲਿ ॥
जसले आफ्ने तन-मन गुरुका समक्ष बेचिदिएको छ, अन्तःकरण अनि शिर पनि अर्पित गरेको छ।
ਤ੍ਰਿਭਵਣੁ ਖੋਜਿ ਢੰਢੋਲਿਆ ਗੁਰਮੁਖਿ ਖੋਜਿ ਨਿਹਾਲਿ ॥
जसले जुन प्रभुलाई तिनै लोकमा खोजेको थियो, उसले गुरु उपदेशद्वारा खोजेर प्रसन्नता प्राप्त गरेको छ।
ਸਤਗੁਰਿ ਮੇਲਿ ਮਿਲਾਇਆ ਨਾਨਕ ਸੋ ਪ੍ਰਭੁ ਨਾਲਿ ॥੪॥੧੭॥
गुरु नानक देव ज्यू भन्नुहुन्छ कि सति गुरुले आफुसँग मिलाएर प्रभिसँग भेट गराइदिएका छन्।।४।।१७।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਮਰਣੈ ਕੀ ਚਿੰਤਾ ਨਹੀ ਜੀਵਣ ਕੀ ਨਹੀ ਆਸ ॥
गुरुप्रति उन्मुख जीवहरूलाई न त मरणको चिन्ता हुन्छ न त जिउनेको आशा।
ਤੂ ਸਰਬ ਜੀਆ ਪ੍ਰਤਿਪਾਲਹੀ ਲੇਖੈ ਸਾਸ ਗਿਰਾਸ ॥
उसले निश्चित रूपमा भन्दछ कि हे प्रभु! तिमी समस्त प्राणीहरूको प्रतिपालन गर्ने हौ, तिमीसँग सबैको श्वास-प्रश्वासको लेखाजोखा छ।
ਅੰਤਰਿ ਗੁਰਮੁਖਿ ਤੂ ਵਸਹਿ ਜਿਉ ਭਾਵੈ ਤਿਉ ਨਿਰਜਾਸਿ ॥੧॥
तिमी गुरमुखहरूको हृदयमा बास गर्छौ, जस्तो तपाईँलाई राम्रो लाग्छ, त्यस्तै निर्णय लिनुहुन्छ।।१।।
ਜੀਅਰੇ ਰਾਮ ਜਪਤ ਮਨੁ ਮਾਨੁ ॥
हे जीव! अकालको पूर्वजको बारेमा सोच्दै मनमा दृड संकल्प लेऊ।
ਅੰਤਰਿ ਲਾਗੀ ਜਲਿ ਬੁਝੀ ਪਾਇਆ ਗੁਰਮੁਖਿ ਗਿਆਨੁ ॥੧॥ ਰਹਾਉ ॥
जब गुरुद्वारा गुरमुखलाई ज्ञान प्राप्त भयो तब अन्तर्मनमा लागेको तृष्णा रूपी आगोको जलन समाप्त भयो।।१।। रहाउ।।