Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-19

Page 19

ਦਰਿ ਘਰਿ ਢੋਈ ਨ ਲਹੈ ਦਰਗਹ ਝੂਠੁ ਖੁਆਰੁ ॥੧॥ ਰਹਾਉ ॥ जसरी पतिबाट अलग भएको स्त्रीले आफ्नो माइतमा पनि आफ्नोपन पाउन सक्दैन, त्यसरी नै निरंकारदेखि विमुख भएका कारण अभागी स्त्रीलाईजस्तै झुटमा लिप्त भएको प्राणीलाई परलोकमा अपमानित गर्नुपर्ने हुन्छ ।।१।।रहाउ।।
ਆਪਿ ਸੁਜਾਣੁ ਨ ਭੁਲਈ ਸਚਾ ਵਡ ਕਿਰਸਾਣੁ ॥ निरंकार स्वयम् समझदार, सत्य तथा ठुला किसान हुन् जो प्राणीहरूको कर्मलाई भुल्दैनन्।
ਪਹਿਲਾ ਧਰਤੀ ਸਾਧਿ ਕੈ ਸਚੁ ਨਾਮੁ ਦੇ ਦਾਣੁ ॥ पहिले उनी हृदयरूपी बुद्धिको अनुसन्धान गर्छन् अनि त्यसपछि त्यसमा सत्यको बिउ छर्छन्।
ਨਉ ਨਿਧਿ ਉਪਜੈ ਨਾਮੁ ਏਕੁ ਕਰਮਿ ਪਵੈ ਨੀਸਾਣੁ ॥੨॥ त्यस न्मरूपी एउटा बिजबाट नौ निधिहरूको उत्पत्ति हुन्छ, त्.सपछि मस्तिष्कमा प्रभुको कृपाको चिन्ह अङ्कित हुन्छ।।२।।
ਗੁਰ ਕਉ ਜਾਣਿ ਨ ਜਾਣਈ ਕਿਆ ਤਿਸੁ ਚਜੁ ਅਚਾਰੁ ॥ तर जुन मानिस वेद-शास्त्र आदिबाट गुरुको महिमा जानेर पनि अनभिज्ञ हुन्छन् अर्थात् गुरुको उपदेशलाई ग्रहण गर्न सक्दैनन् उसको कर्म कसरी उत्तम हुन सक्छ।
ਅੰਧੁਲੈ ਨਾਮੁ ਵਿਸਾਰਿਆ ਮਨਮੁਖਿ ਅੰਧ ਗੁਬਾਰੁ ॥ अज्ञानको अन्धकारको कारण नै अज्ञानी पुरुषले वाहेगुरुको नाम बिर्सिदिएका छन्।
ਆਵਣੁ ਜਾਣੁ ਨ ਚੁਕਈ ਮਰਿ ਜਨਮੈ ਹੋਇ ਖੁਆਰੁ ॥੩॥ फेरि यस संसारमा उसको आवागमन समाप्त हुँदैन अनि ऊ घरिघरि जन्म-मरणको चक्रमा फँसेर(मुक्ति प्राप्तिका लागि) कमजोर भइरहन्छ अर्थात् परमात्मादेखि टाडो भएर कर्म गर्ने प्राणी इहलोक तथा परलोकमा अपमानित भएर दुःख भोग्दछ।।३।।
ਚੰਦਨੁ ਮੋਲਿ ਅਣਾਇਆ ਕੁੰਗੂ ਮਾਂਗ ਸੰਧੂਰੁ ॥ जसरी कुनै स्त्री केसरको मेलमा चन्दन मगाउँछे अनि सिउँदोमा सिन्दुर लगाउँछे।
ਚੋਆ ਚੰਦਨੁ ਬਹੁ ਘਣਾ ਪਾਨਾ ਨਾਲਿ ਕਪੂਰੁ ॥ वस्त्रलाई अत्तर, कपूर र चन्दन आदिले अत्यन्त सुगन्धित बनाउँछ।
ਜੇ ਧਨ ਕੰਤਿ ਨ ਭਾਵਈ ਤ ਸਭਿ ਅਡੰਬਰ ਕੂੜੁ ॥੪॥ यति सब कुरा गरिसकेपछि पनि यदि स्त्रीलाई आफ्नो पतिले मन पराउँदैनन् भने श्रृंगार गरिएका ती सबै श्रृंगारहरू झुटा, बेकारका हुन्छन् । अर्थात् जीवात्माले निस्सन्देह नामजप, तपस्या, यज्ञ, पूजा र सन्यासादीको रूप लिन सक्छ, तर जबसम्म ऊ निरंकारबाट टाडा रहन्छ, तबसम्म यी सबै बेकार हुन्छन्।।४।।
ਸਭਿ ਰਸ ਭੋਗਣ ਬਾਦਿ ਹਹਿ ਸਭਿ ਸੀਗਾਰ ਵਿਕਾਰ ॥ मनमुख प्राणीले सबै रसहरू भोग गर्नु निरर्थक हुन्छ र जपतपको श्रृंगार गर्नु निरर्थक हुन्छ।
ਜਬ ਲਗੁ ਸਬਦਿ ਨ ਭੇਦੀਐ ਕਿਉ ਸੋਹੈ ਗੁਰਦੁਆਰਿ ॥ किन कि जबसम्म गुरु-उपदेश गर्हण गरिँदैन, तबसम्म ऊ गुरुका सामु सत्सङ्गतिमा सुसज्जित हुँदैन।
ਨਾਨਕ ਧੰਨੁ ਸੁਹਾਗਣੀ ਜਿਨ ਸਹ ਨਾਲਿ ਪਿਆਰੁ ॥੫॥੧੩॥ सतगुरु जी भन्नुहुन्छ कि पति- परमात्माप्रति प्रेम राख्ने भाग्यमानी रूप गुरुमुखको जीवन कृतार्थ हुन्छ ।।५।।१३।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥ सिरीरागु महला १ ॥
ਸੁੰਞੀ ਦੇਹ ਡਰਾਵਣੀ ਜਾ ਜੀਉ ਵਿਚਹੁ ਜਾਇ ॥ जब पुरुषसहित चेतन शक्ति शरीरबाट निस्किएर जान्छ, तब खाली शरीर भयानक हुन्छ।
ਭਾਹਿ ਬਲੰਦੀ ਵਿਝਵੀ ਧੂਉ ਨ ਨਿਕਸਿਓ ਕਾਇ ॥ पहिले प्रज्वलित भइरहेको चेतना सत्तारूपी अग्नि निभ्यो भने शरीरबाट प्राणरूपी धुँवा निस्किँदैन।
ਪੰਚੇ ਰੁੰਨੇ ਦੁਖਿ ਭਰੇ ਬਿਨਸੇ ਦੂਜੈ ਭਾਇ ॥੧॥ पिता-पत्रादि पाँचै अफन्तहरू दुःखमा रोइरहेका छन् अर्थात् पाँचै ज्ञानेनद्रियहरू वियोगमा विघटित भइरहेका छन्, किनकि यो मानव जन्म द्वैततामा नाश भएको छ।।१।।
ਮੂੜੇ ਰਾਮੁ ਜਪਹੁ ਗੁਣ ਸਾਰਿ ॥ हे जड प्राणी! शुभ गुणहरूलाई ख्यालमा राख्दै वाहेगुरु नामको स्मरन गर।
ਹਉਮੈ ਮਮਤਾ ਮੋਹਣੀ ਸਭ ਮੁਠੀ ਅਹੰਕਾਰਿ ॥੧॥ ਰਹਾਉ ॥ जुन देहधारी स्त्री-छोराछोरीका प्रेम र मायाप्रतिको मोह छन्, यसको कारण सम्पूर्ण सृष्टि नै ठगिएको छ।।१।।रहाउ।।
ਜਿਨੀ ਨਾਮੁ ਵਿਸਾਰਿਆ ਦੂਜੀ ਕਾਰੈ ਲਗਿ ॥ जसले अन्य सांसारिक विकृतिहरूमा संलग्न भएर बहागुरुको नाम बिर्सिएका छन्।
ਦੁਬਿਧਾ ਲਾਗੇ ਪਚਿ ਮੁਏ ਅੰਤਰਿ ਤ੍ਰਿਸਨਾ ਅਗਿ ॥ तिनीहरूको अन्तःकरणमा तृष्णाग्नि जलिरहेको छ अनि द्वैत-भाव लागी जलेर मरिरहेका छन्
ਗੁਰਿ ਰਾਖੇ ਸੇ ਉਬਰੇ ਹੋਰਿ ਮੁਠੀ ਧੰਧੈ ਠਗਿ ॥੨॥ जसलाई गुरुले रक्षा गरे, तिनीहरू बाँचे तथा अन्य सबैलाई सांसारिक कर्मरूपी ठगहरूले ठगेका छन्।।२।।
ਮੁਈ ਪਰੀਤਿ ਪਿਆਰੁ ਗਇਆ ਮੁਆ ਵੈਰੁ ਵਿਰੋਧੁ ॥ अब त स्त्रीहरूप्रति जुन प्रीत थियो त्यो नष्ट भएको छ, आफन्तप्रतिको स्नेह पनि समाप्त भएको छ र वैमनस्यता पनि समाप्त भएको छ।
ਧੰਧਾ ਥਕਾ ਹਉ ਮੁਈ ਮਮਤਾ ਮਾਇਆ ਕ੍ਰੋਧੁ ॥ सांसारिक क्रियाकलापहरूबाट थकित भयो, घमण्ड, ममता तथा क्रोध नष्ट भयो।
ਕਰਮਿ ਮਿਲੈ ਸਚੁ ਪਾਈਐ ਗੁਰਮੁਖਿ ਸਦਾ ਨਿਰੋਧੁ ॥੩॥ अकाल पुरुषको कृपाद्वारा गुरु उपदेश प्राप्त हुन्छ अनि( त्यस उपदेशद्वार नै) चित्तवृत्तिहरूलाई दमन गरेर निरंकारको सत्य नामलाई प्राप्त गर्न सकिन्छ। ।।३।।
ਸਚੀ ਕਾਰੈ ਸਚੁ ਮਿਲੈ ਗੁਰਮਤਿ ਪਲੈ ਪਾਇ ॥ हे मानव! गुरु-उपदेशद्वारा अन्तर्नमनले नाम स्मरणरूपी सत्कर्म गरे सत्य स्वरूप निरंकारको प्राप्ति सम्भव हुन्छ।
ਸੋ ਨਰੁ ਜੰਮੈ ਨਾ ਮਰੈ ਨਾ ਆਵੈ ਨਾ ਜਾਇ ॥ फेरि त त्यो मानवले न त जन्म लिन्छ न मर्छ नै तथा न अउँछ न जान्छ नै अर्थात् ऊ सांसारिक बन्धन तथा आवागमनको चक्रबाट मुक्त हुँदछ।
ਨਾਨਕ ਦਰਿ ਪਰਧਾਨੁ ਸੋ ਦਰਗਹਿ ਪੈਧਾ ਜਾਇ ॥੪॥੧੪॥ सतगुरुजी भन्नुहुन्छ कि अकाल पुरखको द्वारमा उ मुखिया हुँदछ अनि उसलाई भविष्यमा परलोकमा पनि प्रतिष्ठा प्राप्त हुन्छ।।४।।१४।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲ ੧ ॥ सिरीरागु महल १ ॥
ਤਨੁ ਜਲਿ ਬਲਿ ਮਾਟੀ ਭਇਆ ਮਨੁ ਮਾਇਆ ਮੋਹਿ ਮਨੂਰੁ ॥ हे मानव जीव! यो जुन शरीर प्रापत भएको थियो यो चिन्तामा जलेर खाक भएको छ अनि मायामा लिम्प मन(मण्डुर) फलामको खियासरह निरर्थक भएको छ।
ਅਉਗਣ ਫਿਰਿ ਲਾਗੂ ਭਏ ਕੂਰਿ ਵਜਾਵੈ ਤੂਰੁ ॥ जो पाप कर्म गरिएको छ त्यो फर्केर उहीमाथि लागु हुँदछ अनि झुटले उनको अगाडि तुरही बजाउँछ।
ਬਿਨੁ ਸਬਦੈ ਭਰਮਾਈਐ ਦੁਬਿਧਾ ਡੋਬੇ ਪੂਰੁ ॥੧॥ गुरु-उपदेशबिना जीवन भट्किरहन्छ तथा द्वात-भावले पूर्णसमूहलाई नरकमा धकेलिदिएको छ।।१।।
ਮਨ ਰੇ ਸਬਦਿ ਤਰਹੁ ਚਿਤੁ ਲਾਇ ॥ हे न! तँ गुरु-उपदेशमा चितित लगाएर यस भवसागर तर।
ਜਿਨਿ ਗੁਰਮੁਖਿ ਨਾਮੁ ਨ ਬੂਝਿਆ ਮਰਿ ਜਨਮੈ ਆਵੈ ਜਾਇ ॥੧॥ ਰਹਾਉ ॥ जुन प्राणीले गुरुद्नारा नाम-ज्ञान प्रापत गरेको छैन, ऊ बार-बार आवागमनमा नै व्यस्त रहन्छ।।१।।रहाउ।।
ਤਨੁ ਸੂਚਾ ਸੋ ਆਖੀਐ ਜਿਸੁ ਮਹਿ ਸਾਚਾ ਨਾਉ ॥ जुन हृदयमा सत्यनाम विद्यमान हुन्छन्, उसैलाई पवित्र भनिन्छ।
ਭੈ ਸਚਿ ਰਾਤੀ ਦੇਹੁਰੀ ਜਿਹਵਾ ਸਚੁ ਸੁਆਉ ॥ शरीर सत्य स्वरूप निरंकारसित डराइरहन्छ अनि अनि रसनाले सत्यनामको स्वाद चाखिरहेको छ।
ਸਚੀ ਨਦਰਿ ਨਿਹਾਲੀਐ ਬਹੁੜਿ ਨ ਪਾਵੈ ਤਾਉ ॥੨॥ परमेश्वरको कृपादृष्टि रहेको प्राणीले नरकको अग्निको ताप सहनु पर्दैन।।२।।
ਸਾਚੇ ਤੇ ਪਵਨਾ ਭਇਆ ਪਵਨੈ ਤੇ ਜਲੁ ਹੋਇ ॥ (अहिले सतगुरुजीले फेरि सृष्टिको रचनाको चित्रण गर्नुहुन्छ) स्त्यस्वरूप निरंकारद्वारा वायु बन्यो, वायुबाट जलको उत्पत्ति भयो।
ਜਲ ਤੇ ਤ੍ਰਿਭਵਣੁ ਸਾਜਿਆ ਘਟਿ ਘਟਿ ਜੋਤਿ ਸਮੋਇ ॥ फेरि सृष्टिकर्ता परमात्माले जलआदि तत्वहरूबाट तिनै लोक(सम्पूर्ण सृष्टि) को रचना गर्नुभयो, अनि फेरि यस रचनाको कण-कणमा उहाले प्राणी रुपमा आफ्नो ज्योति हाल्नुभयो।
ਨਿਰਮਲੁ ਮੈਲਾ ਨਾ ਥੀਐ ਸਬਦਿ ਰਤੇ ਪਤਿ ਹੋਇ ॥੩॥ गुरुको उपदेशमा दत्तचित्त हुनाले जसको मन चोखो हुन्छ, ऊ फेरि कहिले पनि द्वैतको कारण दुषित हुँदैन, यसैले ऊ सम्मानित हुन्छ।।३।।
ਇਹੁ ਮਨੁ ਸਾਚਿ ਸੰਤੋਖਿਆ ਨਦਰਿ ਕਰੇ ਤਿਸੁ ਮਾਹਿ ॥ जब यो मन सत्यद्वारा सन्तुष्ट हुँदछ तब उसमाथि निरंकारको कृपा हुँदछ।


© 2025 SGGS ONLINE
error: Content is protected !!
Scroll to Top