Page 18
ਕੇਤੀਆ ਤੇਰੀਆ ਕੁਦਰਤੀ ਕੇਵਡ ਤੇਰੀ ਦਾਤਿ ॥
हे निरंकारऍ तिम्रो शक्ति जति छ उति नै तिमीले दिएको दान पनि महान् छ(यी सब भन्न सकिन्न)।
ਕੇਤੇ ਤੇਰੇ ਜੀਅ ਜੰਤ ਸਿਫਤਿ ਕਰਹਿ ਦਿਨੁ ਰਾਤਿ ॥
जति नै असङ्ख्य सूक्ष्म तथा स्थुल जिव-जन्तु छन् जसले तिम्रो स्तुतिगान गरिरहेका छन्।
ਕੇਤੇ ਤੇਰੇ ਰੂਪ ਰੰਗ ਕੇਤੇ ਜਾਤਿ ਅਜਾਤਿ ॥੩॥
तिम्रा अनगिन्ती रूपहरू छन् तथा कति ब्राह्मण-क्षत्रिय उच्च जाति वा सुद्र र निम्न जातहरू बनाइएका छन्।।३।।
ਸਚੁ ਮਿਲੈ ਸਚੁ ਊਪਜੈ ਸਚ ਮਹਿ ਸਾਚਿ ਸਮਾਇ ॥
अनि त हे मित्रहरू हो! जब असल पुरुषलाऊ सत्सङ्गति प्राप्त हुन्छ, तब हृदयमा असल गुणको उत्पत्ति हुन्छ र श्रद्धा गरेर सत्य नाम स्मरण गर्नाले प्राणी सत्यस्वरूप अकाल पुरखमा लिन हुन्छ ।
ਸੁਰਤਿ ਹੋਵੈ ਪਤਿ ਊਗਵੈ ਗੁਰਬਚਨੀ ਭਉ ਖਾਇ ॥
(पुनः के हुनेछ यसको व्याख्या सतगुरुजीले गरेका छन्) जब मानिसको मन प्रभुको चरणमा लिन हुन्छ तब पतिप्रमेश्वर प्रकट हुन्छन्, तर यी सब गुरु-उपदेशद्वारा हृदयमा परमात्माका डर धारण गर्नाले नै सम्भव हुन्छ।
ਨਾਨਕ ਸਚਾ ਪਾਤਿਸਾਹੁ ਆਪੇ ਲਏ ਮਿਲਾਇ ॥੪॥੧੦॥
सतगुरुजी भन्नुहुन्छ कि निरंकार (बादशाह) को वास्तविक रूपले यस्तो पुण्य, ज्ञानी रूप तथा सुन्दर मित्रलाई आफ्नै स्वरूपमा अद्वितीय बनाउँदछ।।४।।१०।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਭਲੀ ਸਰੀ ਜਿ ਉਬਰੀ ਹਉਮੈ ਮੁਈ ਘਰਾਹੁ ॥
यो राम्रो भयो, जो मेरो बुद्धि अवगुणबाट खाली भएको छ तथा मेरो हृदय-गृहबाट अहंकार विकृतिहरू नष्ट भएका छन्।
ਦੂਤ ਲਗੇ ਫਿਰਿ ਚਾਕਰੀ ਸਤਿਗੁਰ ਕਾ ਵੇਸਾਹੁ ॥
(यी विकृतिहरूबाट हृदय वा बुद्धि खाली भयो भने) सतगुरुको विश्वास प्राप्त भयो र विकारहरूमा संलग्न इन्द्रियहरूका दूतहरू मेरा दास बने।
ਕਲਪ ਤਿਆਗੀ ਬਾਦਿ ਹੈ ਸਚਾ ਵੇਪਰਵਾਹੁ ॥੧॥
ती निश्चित परमात्मामा केन्द्रित भएर व्यर्थको कल्पनालाई त्यागिदिएको छु।।१।।
ਮਨ ਰੇ ਸਚੁ ਮਿਲੈ ਭਉ ਜਾਇ ॥
हे मानव मन! सत्य नाम हृदयमा धारण गर्नाले नै यम आदिका डर कम भएर जान्छ।
ਭੈ ਬਿਨੁ ਨਿਰਭਉ ਕਿਉ ਥੀਐ ਗੁਰਮੁਖਿ ਸਬਦਿ ਸਮਾਇ ॥੧॥ ਰਹਾਉ ॥
परमेश्वरको भय नराखी निर्भय कसरी हुन सकिन्छ परमेश्वरको भय पाउनका लागि गुरुले दिएका उपदेशलाई मनन् गर्न पर्दछ।।१।।रहाउ।।
ਕੇਤਾ ਆਖਣੁ ਆਖੀਐ ਆਖਣਿ ਤੋਟਿ ਨ ਹੋਇ ॥
अनि त भाइ! ती निरंकारका महिमाबारे कति भन्न सकिन्छ, किनकि उनको प्रसंसाको कुनै सीमा छैन।
ਮੰਗਣ ਵਾਲੇ ਕੇਤੜੇ ਦਾਤਾ ਏਕੋ ਸੋਇ ॥
त्यस दाता अकाल पुरुषसँग माग्ने त अनेकौं प्राणी छन् अनि दिने उही एक मात्र हुन्।
ਜਿਸ ਕੇ ਜੀਅ ਪਰਾਣ ਹੈ ਮਨਿ ਵਸਿਐ ਸੁਖੁ ਹੋਇ ॥੨॥
जसको निग्रानीमा जीव र प्राण छन् ती निरंकारलाई मनमा बसाउनाले नै आत्मिक शुखको प्राप्ति हुन्छ।
ਜਗੁ ਸੁਪਨਾ ਬਾਜੀ ਬਨੀ ਖਿਨ ਮਹਿ ਖੇਲੁ ਖੇਲਾਇ ॥
अनका अतिरिक्त संरारको अन्य रचनाहरू छन् ती अक सपना हुन् तथा तमाशा नै हुन्, एकछिन् मै ती खेलजस्तो सकिनेछन्; अर्थात् यो परमात्माबाहेक संसार तथा अन्य कुराहरू नश्वर छन्।
ਸੰਜੋਗੀ ਮਿਲਿ ਏਕਸੇ ਵਿਜੋਗੀ ਉਠਿ ਜਾਇ ॥
संयोगी कर्मका कारण जीवहरू संसारमा भेला हुन्छन् अनि वियोगी कर्मद्वारा यहाँबाट प्रस्थान गर्छन्।
ਜੋ ਤਿਸੁ ਭਾਣਾ ਸੋ ਥੀਐ ਅਵਰੁ ਨ ਕਰਣਾ ਜਾਇ ॥੩॥
निरंकारलाई जे राम्रो लाग्छ त्यही हुन्छ, आफ्नो सामर्थ्यले अरू कसैले केही गर्न सक्दैन।।३।।
ਗੁਰਮੁਖਿ ਵਸਤੁ ਵੇਸਾਹੀਐ ਸਚੁ ਵਖਰੁ ਸਚੁ ਰਾਸਿ ॥
जोसँग श्रद्धारूपी धन हुन्छ ती गुरु समक्ष जाने व्यापारीले नै वाहेगुरुनामरूपी सौदा किनेका छन् अनि ती प्रसिद्ध पुरुषहरूले मात्र आत्म-वस्तुहरू किनेका छन्।
ਜਿਨੀ ਸਚੁ ਵਣੰਜਿਆ ਗੁਰ ਪੂਰੇ ਸਾਬਾਸਿ ॥
जजसले गुरुद्वारा सत्य नामरुपी सोदा किनेका छन्, तीपरलोकमा पनि दृढ हुँदछन्।
ਨਾਨਕ ਵਸਤੁ ਪਛਾਣਸੀ ਸਚੁ ਸਉਦਾ ਜਿਸੁ ਪਾਸਿ ॥੪॥੧੧॥
सतगुरुजी भन्दछन् कि जोसँग नामरुपी साँचो सौदा हुन्छ, उसैले लोक-परलोकमा आत्म-वस्तु चिन्न सक्नेछन्।।४।।११।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲੁ ੧ ॥
सिरीरागु महलु १ ॥
ਧਾਤੁ ਮਿਲੈ ਫੁਨਿ ਧਾਤੁ ਕਉ ਸਿਫਤੀ ਸਿਫਤਿ ਸਮਾਇ ॥
(यहाँ सतगुरु मनमुख र गुरमुखबीचको भिन्नताको व्याख्या गर्दछन्) जसले मायालाई प्रेम गर्छ ऊ पुनः जन्ममरणको चक्रमा यात्रा गर्छ, तर जसले गुरुसँग मिलेर अकालपुरखको स्तुति गर्छ, ऊ ती परमेश्वरमा नै अभेद्य हुन्छ।
ਲਾਲੁ ਗੁਲਾਲੁ ਗਹਬਰਾ ਸਚਾ ਰੰਗੁ ਚੜਾਉ ॥
(स्तुति गर्नेहरूलाई) तिनीहरूलाई आनन्ददायक (रातो), अति आनन्ददायक (गुलाल) र अत्यन्त आनन्ददायक (गहबरा) सत्यको रंग चड्दछ।
ਸਚੁ ਮਿਲੈ ਸੰਤੋਖੀਆ ਹਰਿ ਜਪਿ ਏਕੈ ਭਾਇ ॥੧॥
यो सत्य रङ सन्तोषी पुरुषहरूलाई अनि जो श्रद्धापूर्वक एकाग्रचित्त भएर वाहेगुरु-नामस्मरण गर्नेलाई प्राप्त हुन्छ।
ਭਾਈ ਰੇ ਸੰਤ ਜਨਾ ਕੀ ਰੇਣੁ ॥
हे भाइ! सन्तहरूको चरण-धुली भएर रहनू।
ਸੰਤ ਸਭਾ ਗੁਰੁ ਪਾਈਐ ਮੁਕਤਿ ਪਦਾਰਥੁ ਧੇਣੁ ॥੧॥ ਰਹਾਉ ॥
किनभने यी सन्तहरूको सभारूपी सत्सङ्गतिका कारण नै गुरुको प्राप्ति हुन्छ अनि ती गुरु मुक्तिजस्तो दुर्लभ पदार्थ दिने हुनाले कामधेनु गाईको समान् हुन्।।१।।रहाउ।।
ਊਚਉ ਥਾਨੁ ਸੁਹਾਵਣਾ ਊਪਰਿ ਮਹਲੁ ਮੁਰਾਰਿ ॥
सर्वोच्च अनि सबैभन्दा सुन्दर स्थान मानव जन्म हो, यसलाई सर्वश्रेष्ठ मानेर निरंकारले आफ्नो बासस्थान बनाएका छन्।
ਸਚੁ ਕਰਣੀ ਦੇ ਪਾਈਐ ਦਰੁ ਘਰੁ ਮਹਲੁ ਪਿਆਰਿ ॥
नाम-स्मरण वा जप-तपादि सत्कर्महरू गर्नाले नै मानवदेहमा निहित निरंकार स्वरुपसँग प्रेम हुन्छ।।
ਗੁਰਮੁਖਿ ਮਨੁ ਸਮਝਾਈਐ ਆਤਮ ਰਾਮੁ ਬੀਚਾਰਿ ॥੨॥
गुरुको मुखबाट निस्केका प्रवचनद्वारा मनलाई बुझाएर मात्र आत्मा तथा ईश्वर दुवैको अभेद्यताको विचार प्रकट हुन्छ।।२।।
ਤ੍ਰਿਬਿਧਿ ਕਰਮ ਕਮਾਈਅਹਿ ਆਸ ਅੰਦੇਸਾ ਹੋਇ ॥
(नित्य, नैमित्तिक व काम्य अथवा सत्व, रजस्व तमस्) त्रिविध कर्म करने से प्रथम तो स्वर्ग प्राप्ति की आशा होती है, फिर इसके छूट जाने की चिन्ता सताने लगती है।
ਕਿਉ ਗੁਰ ਬਿਨੁ ਤ੍ਰਿਕੁਟੀ ਛੁਟਸੀ ਸਹਜਿ ਮਿਲਿਐ ਸੁਖੁ ਹੋਇ ॥
यी तिन गुणहरूको जटिलतालाई गुरुबिना कसरी छोड्न सकिन्छ, जसले गर्दा ज्ञान प्राप्त गर्न सकिन्छ र आध्यात्मिक सुख प्राप्त होस् ।
ਨਿਜ ਘਰਿ ਮਹਲੁ ਪਛਾਣੀਐ ਨਦਰਿ ਕਰੇ ਮਲੁ ਧੋਇ ॥੩॥
निरंकारले कृपालु भएर पापको धुलो पखाल्दा मात्र यस मानव शरीरमा विद्यमान अकालको पुरखको स्वरूप चिन्न सकिन्छ।
ਬਿਨੁ ਗੁਰ ਮੈਲੁ ਨ ਉਤਰੈ ਬਿਨੁ ਹਰਿ ਕਿਉ ਘਰ ਵਾਸੁ ॥
त्यसर्थ यो सुनिश्चित गर कि गुरु बिना पापको यो मैला हृदयबाट बाहिर निस्कन सक्दैन अनि (जबसम्म यो मैला निर्मूल हुँदैन तबसम्म) हरि-परमेश्वरको कृपा हुन सक्दैन तथा आत्म-स्वरूपमा बाँच्न असम्भव छ।।३
ਏਕੋ ਸਬਦੁ ਵੀਚਾਰੀਐ ਅਵਰ ਤਿਆਗੈ ਆਸ ॥
यस कारण जिज्ञासुले सम्पुर्ण आशाहरूलाई त्यागेर एउटै गुरुको उपदेशलाई मनन गर्नु पर्दछ।
ਨਾਨਕ ਦੇਖਿ ਦਿਖਾਈਐ ਹਉ ਸਦ ਬਲਿਹਾਰੈ ਜਾਸੁ ॥੪॥੧੨॥
सतगुरु जी भन्नुहुन्छ कि म सँधै ती असल पुरुषहरू (जसले नश्वर वस्तुहरू त्याग्छन्) लाई दण्डवत गर्छु जसले निरंकरलाई स्वयम् देख्छन् अनि त्यसपछि अन्य जिज्ञासु मानिसहरूलाई देखाउँदछन्।४।।१२।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਧ੍ਰਿਗੁ ਜੀਵਣੁ ਦੋਹਾਗਣੀ ਮੁਠੀ ਦੂਜੈ ਭਾਇ ॥
जुन अभागी पुरुष र स्त्री द्वैतभावका कारण ठगिएका छन् उसको जीवन धिक्कार हो।
ਕਲਰ ਕੇਰੀ ਕੰਧ ਜਿਉ ਅਹਿਨਿਸਿ ਕਿਰਿ ਢਹਿ ਪਾਇ ॥
एक जना बाहेक अरू कोहीसँग अनुरक्त भएका कारण एउटी अभागी स्त्रीको जीवन कल्लरको पर्खालजस्तै हुन्छ, दिशाहिनि भएर अन्तमा ढल्छ; अर्थात्, मन मोहक जीव आन्दोलनको चक्रमा फँसिरहन्छ।
ਬਿਨੁ ਸਬਦੈ ਸੁਖੁ ਨਾ ਥੀਐ ਪਿਰ ਬਿਨੁ ਦੂਖੁ ਨ ਜਾਇ ॥੧॥
गरुको उपदेशविना प्राणी-स्त्रीलाआ पति-परमेश्वरलाइ भेट्ने आत्मिक आनन्द प्राप्त हुँदैन तथा आत्मानन्दबिना दैहिक एवम् दैविक कष्ट हराएर जान्न। ।।१।।
ਮੁੰਧੇ ਪਿਰ ਬਿਨੁ ਕਿਆ ਸੀਗਾਰੁ ॥
अर्थात् निरंकारप्रतिको श्रद्धाभावबिना गरिएको जप-जपको श्रृङ्गारले के सुख देला र?