Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-13

Page 13

ਰਾਗੁ ਧਨਾਸਰੀ ਮਹਲਾ ੧ ॥ रागु धनासरी महला १ ॥
ਗਗਨ ਮੈ ਥਾਲੁ ਰਵਿ ਚੰਦੁ ਦੀਪਕ ਬਨੇ ਤਾਰਿਕਾ ਮੰਡਲ ਜਨਕ ਮੋਤੀ ॥ सम्पूर्ण आकास रूपी थालमा सूर्य र चन्द्रमा दिपक बनिएका छन्, ताराहरूको समूहले थालमा मोति भई जडिएका छन्।
ਧੂਪੁ ਮਲਆਨਲੋ ਪਵਣੁ ਚਵਰੋ ਕਰੇ ਸਗਲ ਬਨਰਾਇ ਫੂਲੰਤ ਜੋਤੀ ॥੧॥ मलय पर्वतसर्फबाट आउने चन्द्नको सुगन्ध धुपको समान छ, हावा चलिरहेको छ, फुल फुल्ने समस्त वनस्पति, ज्योतिस्वरूप अगाल पुरखको आरतीका लागि समर्पित छन्।
ਕੈਸੀ ਆਰਤੀ ਹੋਇ ॥ ਭਵ ਖੰਡਨਾ ਤੇਰੀ ਆਰਤੀ ॥ प्रकृतिमा तिम्रो कस्तो आरती भइरहेको छ।सृष्टिका प्रणीहरूको जन्म-मृत्यु नाश गर्ने हे प्रभु!
ਅਨਹਤਾ ਸਬਦ ਵਾਜੰਤ ਭੇਰੀ ॥੧॥ ਰਹਾਉ ॥ जस्तो कि एक रस वेदको ध्वनि हो जो मानौं बजिरहेको छ। ।।१।। रहाउ।।
ਸਹਸ ਤਵ ਨੈਨ ਨਨ ਨੈਨ ਹਹਿ ਤੋਹਿ ਕਉ ਸਹਸ ਮੂਰਤਿ ਨਨਾ ਏਕ ਤੋੁਹੀ ॥ हे सर्वव्यापक निराकार ईश्वर! तिम्रो हजारौं आँखा छन्, तर निर्गुणरूपी तिम्रो कुनै आँखा छैन, जसरी तिम्रो हजारौं मूर्तिहरू छन्, तर तिम्रो एउटै रूप छैन किनभने तिमी निर्गुण स्वरूपी छौ।
ਸਹਸ ਪਦ ਬਿਮਲ ਨਨ ਏਕ ਪਦ ਗੰਧ ਬਿਨੁ ਸਹਸ ਤਵ ਗੰਧ ਇਵ ਚਲਤ ਮੋਹੀ ॥੨॥ सगुण स्वरूपमा तिम्रा हजारौं चोखा चरण-कमल छन् तर तिमी निर्गुण स्वरूप भएका कारण पनि चरण छैन, तिमी घाणेन्द्रिय(नाक) रहित पनि छौ अनि तिम्रा हजारौं नाकहरू पनि छन्; तिम्रो अश्चर्यजनक रूपले मलाई मोहित गरिरहेको छ।
ਸਭ ਮਹਿ ਜੋਤਿ ਜੋਤਿ ਹੈ ਸੋਇ ॥ सृष्टिको समस्त प्राणिहरूमा त्यस ज्योति-स्वरूपके ज्योति नै बलिरहेको छ।
ਤਿਸ ਦੈ ਚਾਨਣਿ ਸਭ ਮਹਿ ਚਾਨਣੁ ਹੋਇ ॥ उको प्रकाश रूपी कृपाले सबैमा जीवनको प्रकाश छ।
ਗੁਰ ਸਾਖੀ ਜੋਤਿ ਪਰਗਟੁ ਹੋਇ ॥ तर गिरु उपदेशद्वारा मात्र यो ज्योति बारे जान्न सकिन्छ।
ਜੋ ਤਿਸੁ ਭਾਵੈ ਸੁ ਆਰਤੀ ਹੋਇ ॥੩॥ ती ईश्वरलाई जो राम्रो लाग्छ त्यही उनको आरती हुँदछ।।३।।
ਹਰਿ ਚਰਣ ਕਵਲ ਮਕਰੰਦ ਲੋਭਿਤ ਮਨੋ ਅਨਦਿਨੋੁ ਮੋਹਿ ਆਹੀ ਪਿਆਸਾ ॥ हरिको चरण रूपी फुलको रसको लागि मेरो मन तिर्खाएको छ, हरेक दिन म यो रसको लागि तिर्खाएको छु।
ਕ੍ਰਿਪਾ ਜਲੁ ਦੇਹਿ ਨਾਨਕ ਸਾਰਿੰਗ ਕਉ ਹੋਇ ਜਾ ਤੇ ਤੇਰੈ ਨਾਇ ਵਾਸਾ ॥੪॥੩॥ हे निरंकार! मेरो नानक पापिहेलाई आफ्नो आशीर्वाद र पानी दिनुहोस्, ताकि मेरो हृदय तपाईंको नाममा घएर अडियिस्।।४।।३।।
ਰਾਗੁ ਗਉੜੀ ਪੂਰਬੀ ਮਹਲਾ ੪ ॥ रागु गउड़ी पूरबी महला ४ ॥
ਕਾਮਿ ਕਰੋਧਿ ਨਗਰੁ ਬਹੁ ਭਰਿਆ ਮਿਲਿ ਸਾਧੂ ਖੰਡਲ ਖੰਡਾ ਹੇ ॥ यो मानव शरीर काम र क्रोधजस्ता विकारहरूले पूर्ण रूपमा भरिएको छ; तर सन्तहरूको मिलनले तिमीले काम, क्रोधलाई कमजोर पारेका छौ।
ਪੂਰਬਿ ਲਿਖਤ ਲਿਖੇ ਗੁਰੁ ਪਾਇਆ ਮਨਿ ਹਰਿ ਲਿਵ ਮੰਡਲ ਮੰਡਾ ਹੇ ॥੧॥ जुन मानिसले पूर्वलिखित कर्मको माध्यम गुरुलाई प्राप्त गरेको छ, उसको चन्चल मन ईश्वरमा लीन भएको छ ।।१।।
ਕਰਿ ਸਾਧੂ ਅੰਜੁਲੀ ਪੁਨੁ ਵਡਾ ਹੇ ॥ हात जोडेर सन्तको पूजा गर्नु महान् पुण्य कर्म हो।
ਕਰਿ ਡੰਡਉਤ ਪੁਨੁ ਵਡਾ ਹੇ ॥੧॥ ਰਹਾਉ ॥ उनलाई दण्डवत् प्रणाम गर्नु पनि महान कार्य हो।।१।। रहाउ।।
ਸਾਕਤ ਹਰਿ ਰਸ ਸਾਦੁ ਨ ਜਾਣਿਆ ਤਿਨ ਅੰਤਰਿ ਹਉਮੈ ਕੰਡਾ ਹੇ ॥ पतन भएका मानिस (मायामा लिप्त वा भगवानलाई बिर्सने)ले अकालपूरखको रसको आनन्द लिन पाएनन्, किनकि उनीहरूभित्र अहंकारको रूपमा काँडा हुँदछ।
ਜਿਉ ਜਿਉ ਚਲਹਿ ਚੁਭੈ ਦੁਖੁ ਪਾਵਹਿ ਜਮਕਾਲੁ ਸਹਹਿ ਸਿਰਿ ਡੰਡਾ ਹੇ ॥੨॥ जसो-जसो ऊ अहंकारवस जीवन मार्गमा हिँडदछ, अहंकारको त्यो काँटाले उनीहरूलाई घोचिघोची उनीहरूलाई दुःख दिन्छ र अन्तिम क्षणमा यमहरूले दिएको यातना सहनु पर्दछ।
ਹਰਿ ਜਨ ਹਰਿ ਹਰਿ ਨਾਮਿ ਸਮਾਣੇ ਦੁਖੁ ਜਨਮ ਮਰਣ ਭਵ ਖੰਡਾ ਹੇ ॥ यसका अतिरिक्त सांसारिक वैभव वा भौतिक कुराहरू त्याग गरेर भगवान्को भक्त बनी उहाँको स्मरनमा विलीन हुने मानिसहरू गतिको चक्रबाट मुक्त हुन्छन् र संसारका दु:खहरूबाट मुक्त हुन्छन्।
ਅਬਿਨਾਸੀ ਪੁਰਖੁ ਪਾਇਆ ਪਰਮੇਸਰੁ ਬਹੁ ਸੋਭ ਖੰਡ ਬ੍ਰਹਮੰਡਾ ਹੇ ॥੩॥ तिनीहरूले विनाशरहित सर्वव्यापी परमेश्वरलाई पाउँछन् र तिनीहरूलाई अखण्ड ब्रह्माण्डमा सुशोभित गरिन्छन्।।३।।
ਹਮ ਗਰੀਬ ਮਸਕੀਨ ਪ੍ਰਭ ਤੇਰੇ ਹਰਿ ਰਾਖੁ ਰਾਖੁ ਵਡ ਵਡਾ ਹੇ ॥ हे प्रभु! हामी, गरीब तथा असहाय, तिम्रै अधिनमा छौं, तिमी सर्वोच्च शक्ति हो, त्यसैले हामीलाई यी विकारहरूबाट बचाउनु।
ਜਨ ਨਾਨਕ ਨਾਮੁ ਅਧਾਰੁ ਟੇਕ ਹੈ ਹਰਿ ਨਾਮੇ ਹੀ ਸੁਖੁ ਮੰਡਾ ਹੇ ॥੪॥੪॥ हे नानक! तिम्रो नाममा नै जीवात्माको आश्रय हुन्छ, हरिको नाम धारण गर्नाले मात्र आध्यात्मिक सुख प्राप्त हुन्छ।।४।।४।।
ਰਾਗੁ ਗਉੜੀ ਪੂਰਬੀ ਮਹਲਾ ੫ ॥ रागु गउड़ी पूरबी महला ५ ॥
ਕਰਉ ਬੇਨੰਤੀ ਸੁਣਹੁ ਮੇਰੇ ਮੀਤਾ ਸੰਤ ਟਹਲ ਕੀ ਬੇਲਾ ॥ हे सत्सगङ्गी मित्रहरू! सुन, म तपाईंलाई विन्ती गर्दछु कि प्राप्त भएको यो मानव शरीर सन्तहरूको सेवा गर्ने शुभ अवसर हो।
ਈਹਾ ਖਾਟਿ ਚਲਹੁ ਹਰਿ ਲਾਹਾ ਆਗੈ ਬਸਨੁ ਸੁਹੇਲਾ ॥੧॥ सेवा गऱ्यौ भने यस जन्ममा प्रभुको नाम-स्मरणको लाभ प्राप्त हुन्छ, जसले गर्दा सजिलै परलोकमा बास हुनेछ।।१।।
ਅਉਧ ਘਟੈ ਦਿਨਸੁ ਰੈਣਾਰੇ ॥ हे मन! समयबित्दै जाँदा यो उमेर दिनहुँ घट्दै गइरहेको छ ।
ਮਨ ਗੁਰ ਮਿਲਿ ਕਾਜ ਸਵਾਰੇ ॥੧॥ ਰਹਾਉ ॥ त्यस कारण गुरुसँग भेटे गरेर उनको उपदेश ग्रहण गर अनि जीवनलाई पार लगाउनका कारण सबै काम पूरा गर।।१।।रहाउ।।
ਇਹੁ ਸੰਸਾਰੁ ਬਿਕਾਰੁ ਸੰਸੇ ਮਹਿ ਤਰਿਓ ਬ੍ਰਹਮ ਗਿਆਨੀ ॥ यस जगत्मा सम्पूर्ण प्राणी काम-क्रोधजस्ता विकारहरू तथा भ्रममा लिप्त छन्, यहाँबाट जसलाई तत्त्व अर्थात् ब्रह्माको ज्ञान भएको छ, उसले मात्र मोक्ष प्राप्त गरेको छ।
ਜਿਸਹਿ ਜਗਾਇ ਪੀਆਵੈ ਇਹੁ ਰਸੁ ਅਕਥ ਕਥਾ ਤਿਨਿ ਜਾਨੀ ॥੨॥ विकारहरूमा लिप्त भएका जुन मानवलाई ईश्वर आफैले मायारूपी निद्राबाच जगाएर नाम-रस पियाइदिएका छन्, तिनैले ती अकथनीय प्रभउको अलौकिक कथा जान्दछन्।
ਜਾ ਕਉ ਆਏ ਸੋਈ ਬਿਹਾਝਹੁ ਹਰਿ ਗੁਰ ਤੇ ਮਨਹਿ ਬਸੇਰਾ ॥ यसैले, हे सत्सङ्गीहरू! जुन नाम रुप अमूल्य वस्तुको व्यापार गर्न आएको हौ त्यो मात्र किन्नुहोस्, यस मनमा हरिको वास गुरुद्वारा नै हुन्छ।
ਨਿਜ ਘਰਿ ਮਹਲੁ ਪਾਵਹੁ ਸੁਖ ਸਹਜੇ ਬਹੁਰਿ ਨ ਹੋਇਗੋ ਫੇਰਾ ॥੩॥ यदि तिमीले गुरुको शरण लियौ भने मात्र हृदय रूपी घरमा हरिको स्वरूप बास गर्न सक्नेछन् अनि आत्मिक शुखको आनन्द प्रप्त गर्नेछौ, जसले गर्दा फेरि यो संसारमा आउने-जाने चक्र समाप्त हुनेछ।
ਅੰਤਰਜਾਮੀ ਪੁਰਖ ਬਿਧਾਤੇ ਸਰਧਾ ਮਨ ਕੀ ਪੂਰੇ ॥ ए मेरो अन्तरमनलाई जान्ने सर्वव्यापी सृष्टिकर्ता! मेरो मनको विश्वास पूरा गर्नुहोस्।
ਨਾਨਕ ਦਾਸੁ ਇਹੈ ਸੁਖੁ ਮਾਗੈ ਮੋ ਕਉ ਕਰਿ ਸੰਤਨ ਕੀ ਧੂਰੇ ॥੪॥੫॥ गुरु साहेब भन्छन् कि यो सेवक केवल मलाई सन्तहरूको चरण-धुली मात्र बनाओस् भन्नेचाहन्छ, अर्थात् मलाई उनले देखाएका मार्गको अनुयायी बनाओस्।


© 2025 SGGS ONLINE
error: Content is protected !!
Scroll to Top