Guru Granth Sahib Translation Project

Guru Granth Sahib Nepali Page 1

Page 1

ੴ ਸਤਿ ਨਾਮੁ ਕਰਤਾ ਪੁਰਖੁ ਨਿਰਭਉ ਨਿਰਵੈਰੁ ਅਕਾਲ ਮੂਰਤਿ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰ ਪ੍ਰਸਾਦਿ ॥ अकाल पुरख एक छन्, जसको नाम ’अस्तित्व वाला’ हो जो सृष्टिका रचनाकार हुन्(करता हुन्) जो सबमा व्यप्त छन्, भयरहित छन्(निर्भय) वैररहित(निरवैर), जसको रूप कालदेखि माथि छ(भाव, जसको शरीर नाश-रहित छ) जो योनिमा आउँदैनन्, जसको प्रकाश आँफै भएको हो अनि जो सत्गुरुका कृपाले पाइन्छ।
॥ ਜਪੁ ॥ जप गर्नुहोस्।(यसलाई गुरुको वाणीको शीर्षक पनि मानिन्छ)
ਆਦਿ ਸਚੁ ਜੁਗਾਦਿ ਸਚੁ ॥ निरंकार(अकाल पुरख) सृष्टिको रचनाभन्दा पहिले सत्य थिए, युगहरूको शुरूमा पनि सत्य(स्वरुप) थिए।
ਹੈ ਭੀ ਸਚੁ ਨਾਨਕ ਹੋਸੀ ਭੀ ਸਚੁ ॥੧॥ अहिले बर्तमानमा पनि उनको अस्तित्व छ, श्री गुरु नानक देवजी भन्नु हुन्छ कि भविष्यमा पनि उनै सत्यस्वरूप निरंकारको अस्तित्व हुनेछ II १ II
ਸੋਚੈ ਸੋਚਿ ਨ ਹੋਵਈ ਜੇ ਸੋਚੀ ਲਖ ਵਾਰ ॥ यदि कसैले लाखपल्ट शौच(स्नानादि) गऱ्यो भने पनि यो शरीरको बाहिरी स्नानले मन पवित्र हुन सक्दैन। मनको पवित्रताबिना परमेश्वर(वाहेगुरु)लाई सोच्न पनि सकिन्न।
ਚੁਪੈ ਚੁਪ ਨ ਹੋਵਈ ਜੇ ਲਾਇ ਰਹਾ ਲਿਵ ਤਾਰ ॥ जबसम्म मनबाट झुटो विकार निस्किँदैन; यदि कसैले एकाग्र चित्त ध्यान लगाएर मुख बन्द गरेर बसे पनि मनलाई शान्ति प्राप्त हुँदैन।
ਭੁਖਿਆ ਭੁਖ ਨ ਉਤਰੀ ਜੇ ਬੰਨਾ ਪੁਰੀਆ ਭਾਰ ॥ निस्सन्देह, संसारका सबै सहरका पदार्थहरूको ग्रहण गरोस् तापनि भोकै पेट रहेर (व्रत आदि गरेर) यस मनको तिर्खारूपी भोकलाई मेटाउन सकिँदैन।हे जीव! निस्सन्देह, यस संसारमा तिमीले जति सुकै भोग्य पदार्थहरू ग्रहण पनि वा जति सुकै पूजा, व्रत आदिजस्ता आडम्बर गरेर तिमीले त्यो परमेश्वरलाई प्राप्त गर्न चाहन्छौ होला, तर यदि तिमीले आफु भित्रको तिर्खा रूपी मृगको सिकार गरेनौ भने सबै व्यर्थ हुन्छ। यदि तिमीभित्र ती कुराहरूको तिर्खा समाप्त भएन भने, तिमीले ती परमेश्वरलाई भेट्टाउन सक्दैनौ।
ਸਹਸ ਸਿਆਣਪਾ ਲਖ ਹੋਹਿ ਤ ਇਕ ਨ ਚਲੈ ਨਾਲਿ ॥ कसैको हजारौं र लाखौं चतुर विचारहरू भए तापनि ती सबै अहंकारले पूर्ण भएका कारण परमेश्वरसम्म पुग्न कहिल्यै सहायक हुँदैनन्।
ਕਿਵ ਸਚਿਆਰਾ ਹੋਈਐ ਕਿਵ ਕੂੜੈ ਤੁਟੈ ਪਾਲਿ ॥ अब प्रश्न उठ्दछ कि त्यसो भए परमेश्वरको सामुन्ने सत्यको प्रकाश पुञ्ज कसरी बनाउन सकिन्छ, हामी र निरंकारबिचको असत्यको पर्खाल कसरी तोड्न सकिन्छ?
ਹੁਕਮਿ ਰਜਾਈ ਚਲਣਾ ਨਾਨਕ ਲਿਖਿਆ ਨਾਲਿ ॥੧॥ सत्य रूप हुने मार्ग बताउँदै श्री गुरु नानक देवजी भन्नुहुन्छ– सृष्टिको प्रारम्भदेखि नै यस्तो लेखिँदै आएको छ कि ईश्वरको आज्ञा पालन गरेर मात्र सांसारिक प्राणीले यो सब गर्न सक्छ II १ II
ਹੁਕਮੀ ਹੋਵਨਿ ਆਕਾਰ ਹੁਕਮੁ ਨ ਕਹਿਆ ਜਾਈ ॥ (सृष्टिको रचनामा) समस्त शरीर (निरंकरको)आज्ञाद्वारा रचिएका हुन्, तर उनको आज्ञा मुखबाट शब्दहरू निकालेर वर्णन गर्न सकिँदैन।
ਹੁਕਮੀ ਹੋਵਨਿ ਜੀਅ ਹੁਕਮਿ ਮਿਲੈ ਵਡਿਆਈ ॥ परमेश्वरको आज्ञाद्वारा (यस पृथ्वीमा) अनेकौं योनिमा जीवहरू सृष्टि हुन्छन्, उहाँकै आज्ञाद्वारा मान-सम्मान (अथवा उच्च र नीचको स्थिति) प्राप्त हुन्छ।
ਹੁਕਮੀ ਉਤਮੁ ਨੀਚੁ ਹੁਕਮਿ ਲਿਖਿ ਦੁਖ ਸੁਖ ਪਾਈਅਹਿ ॥ परमेश्वर (वाहेगुरु) को आदेशद्वारा नै जीवले श्रेष्ठ अथवा निम्न जीवन प्राप्त गर्दछ, उहाँद्वारा लिखित आदेशअनुसार जीवले सुख र दुःखको अनुभूति गर्दछ ।
ਇਕਨਾ ਹੁਕਮੀ ਬਖਸੀਸ ਇਕਿ ਹੁਕਮੀ ਸਦਾ ਭਵਾਈਅਹਿ ॥ परमात्माको आदेशद्वारा नै जीवलाई कृपा प्राप्त हुँदछ, धेरै जना उहाँको आदेशले आवागमनको चक्रमा फँसिरहेका छन्।
ਹੁਕਮੈ ਅੰਦਰਿ ਸਭੁ ਕੋ ਬਾਹਰਿ ਹੁਕਮ ਨ ਕੋਇ ॥ यी सर्वोच्च शक्ति परमेश्वरको अधिनमा नै सब-कुछ रहन्छन्, उनका अतिरिक्त संसारको कुनै पनि कार्य हुँदैन।
ਨਾਨਕ ਹੁਕਮੈ ਜੇ ਬੁਝੈ ਤ ਹਉਮੈ ਕਹੈ ਨ ਕੋਇ ॥੨॥ हे नानक! यदि जीवले त्यो अकालको पुरखको आदेशलाई प्रसन्नचित्तका साथ जान्दछ भने अहंकारी 'म' को वशमा कोही हुनेछैन। यो अहंकारले सांसारिक वैभवमा संलग्न प्राणीलाई निरंकरको नजिक आउन दिँदैन।।२।।
ਗਾਵੈ ਕੋ ਤਾਣੁ ਹੋਵੈ ਕਿਸੈ ਤਾਣੁ ॥ (परमेश्वरको कृपाले नै)जोसँग आत्मिक शक्ति हुन्छ, उसैले ती (सर्वशक्तिमान्) शक्तिको महिमा गाउन सक्छ।
ਗਾਵੈ ਕੋ ਦਾਤਿ ਜਾਣੈ ਨੀਸਾਣੁ ॥ कसैले उहाँद्वारा प्रदत्त आशीर्वादलाई (उनको) अनुग्रह मानेर नै उहाँको किर्तीको प्रशंसा गरिरहेको छ।
ਗਾਵੈ ਕੋ ਗੁਣ ਵਡਿਆਈਆ ਚਾਰ ॥ कुनै जीवले उनको अकथनीय गुण र महिमा गाइरहेको छ।
ਗਾਵੈ ਕੋ ਵਿਦਿਆ ਵਿਖਮੁ ਵੀਚਾਰੁ ॥ कोही उनको विषम विचारहरू(ज्ञान) को गीत विद्याद्वारा गरिरहेका छन्।
ਗਾਵੈ ਕੋ ਸਾਜਿ ਕਰੇ ਤਨੁ ਖੇਹ ॥ कसैले उनको प्रसंसा रचयिता तथा संहारकर्ता ईश्वरको रूप जानेर गरिरहेका छन्।
ਗਾਵੈ ਕੋ ਜੀਅ ਲੈ ਫਿਰਿ ਦੇਹ ॥ कसैले उनको यसरी वर्णन गर्छन् कि उनी परम सत्ता हुन् जसले जीवन दिन्छिन् र त्यसपछि यसलाई फिर्ता लिन्छिन्।
ਗਾਵੈ ਕੋ ਜਾਪੈ ਦਿਸੈ ਦੂਰਿ ॥ कुनै जीवले ती निरंकरलाई आफूभन्दा टाढा जानेर गाउँछ।
Scroll to Top
https://siprokmrk.polinema.ac.id/storage/proposal/ http://pendaftaran-online.poltekkesjogja.ac.id/
jp1131 https://login-bobabet.net/ https://sugoi168daftar.com/ https://login-domino76.com/ http://pui.poltekkesjogja.ac.id/whm/gcr/ https://perpus.unik-cipasung.ac.id/Perps/ https://informatika.nusaputra.ac.id/mon/ https://biroinfrasda.sipsipmas.jayawijayakab.go.id/application/core/ https://e-journal.upstegal.ac.id/pages/catalog/ https://perpus.pelitacemerlangschool.sch.id/system/-/
https://e-learning.akperakbid-bhaktihusada.ac.id/storages/gacor/
https://siakba.kpu-mamuju.go.id/summer/gcr/
https://siprokmrk.polinema.ac.id/storage/proposal/ http://pendaftaran-online.poltekkesjogja.ac.id/
jp1131 https://login-bobabet.net/ https://sugoi168daftar.com/ https://login-domino76.com/ http://pui.poltekkesjogja.ac.id/whm/gcr/ https://perpus.unik-cipasung.ac.id/Perps/ https://informatika.nusaputra.ac.id/mon/ https://biroinfrasda.sipsipmas.jayawijayakab.go.id/application/core/ https://e-journal.upstegal.ac.id/pages/catalog/ https://perpus.pelitacemerlangschool.sch.id/system/-/
https://e-learning.akperakbid-bhaktihusada.ac.id/storages/gacor/
https://siakba.kpu-mamuju.go.id/summer/gcr/