Page 16
ਸੁਣਹਿ ਵਖਾਣਹਿ ਜੇਤੜੇ ਹਉ ਤਿਨ ਬਲਿਹਾਰੈ ਜਾਉ ॥
जति पुरुष नामका श्रोता तथा वक्ता छन्, तिनीहरूप्रति म समर्पित छु।
ਤਾ ਮਨੁ ਖੀਵਾ ਜਾਣੀਐ ਜਾ ਮਹਲੀ ਪਾਏ ਥਾਉ ॥੨॥
यस नाम स्मरणरूपी मदिराले मन मस्त भएको तभ मात्र जान्न सकिन्छ, जब जिज्ञासुले निरंकारको स्वरूपलाई पाउँदछ।
ਨਾਉ ਨੀਰੁ ਚੰਗਿਆਈਆ ਸਤੁ ਪਰਮਲੁ ਤਨਿ ਵਾਸੁ ॥
जसले नाम-जप तथा सत्कर्मरूपी जलमा स्नान गर्दछ तथा सत्य वचनरूपी सुगन्धलाई शरीरमा लगाउँदछ।
ਤਾ ਮੁਖੁ ਹੋਵੈ ਉਜਲਾ ਲਖ ਦਾਤੀ ਇਕ ਦਾਤਿ ॥
उनैको मुख उज्यालो हुन्छ अनि अन्तमा लाखौ प्राप्तिहरूमा एउटा नामको प्राप्ति नै श्रेष्ठ हुन्छ।
ਦੂਖ ਤਿਸੈ ਪਹਿ ਆਖੀਅਹਿ ਸੂਖ ਜਿਸੈ ਹੀ ਪਾਸਿ ॥੩॥
दुःख पनि उसलाई नै भन्न सकिन्छ जसकोमा दिनका लागि सुख हुन्थ।।३।।
ਸੋ ਕਿਉ ਮਨਹੁ ਵਿਸਾਰੀਐ ਜਾ ਕੇ ਜੀਅ ਪਰਾਣ ॥
फेरि ती वाहेगुरुलाई हृदयबाट किन विर्सनु, जसले संसारका समस्त प्राणीहरूलाई प्राण दिएका छन्।
ਤਿਸੁ ਵਿਣੁ ਸਭੁ ਅਪਵਿਤ੍ਰੁ ਹੈ ਜੇਤਾ ਪੈਨਣੁ ਖਾਣੁ ॥
ती निरंकारबिना खाना-पिना तथा पहिरण सबै अपवित्र हुन्छ।
ਹੋਰਿ ਗਲਾਂ ਸਭਿ ਕੂੜੀਆ ਤੁਧੁ ਭਾਵੈ ਪਰਵਾਣੁ ॥੪॥੫॥
अन्य सबै कुरा व्यर्थ अथवा असत्य हुन्, केवल त्यो मात्र सत्य तथा स्वीकृत हो जुन तिमीलाई राम्रो लाग्दछ।।४।।५।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲੁ ੧ ॥
सिरीरागु महलु १ ॥
ਜਾਲਿ ਮੋਹੁ ਘਸਿ ਮਸੁ ਕਰਿ ਮਤਿ ਕਾਗਦੁ ਕਰਿ ਸਾਰੁ ॥
मोहलाई जलाएर, तगातार त्यसलाई रगडेर स्याही बनाऊ अनि श्रेष्ठ बुद्धिलाई कागज बनाऊ।
ਭਾਉ ਕਲਮ ਕਰਿ ਚਿਤੁ ਲੇਖਾਰੀ ਗੁਰ ਪੁਛਿ ਲਿਖੁ ਬੀਚਾਰੁ ॥
प्रेमको लेखनमा ध्यान केन्द्रित गर्ने लेखकको त्यो ज्ञानको कागजमा गुरुबाट सत्यको विचार लेख्नुहोस्।
ਲਿਖੁ ਨਾਮੁ ਸਾਲਾਹ ਲਿਖੁ ਲਿਖੁ ਅੰਤੁ ਨ ਪਾਰਾਵਾਰੁ ॥੧॥
बाहेगुरुको नाम लेख्नुहोस्, उनको स्तुति लेख्नुहेस् अनि त्यसपछि उनको अनन्तताबारे लेख्नुहोस्।।१।।
ਬਾਬਾ ਏਹੁ ਲੇਖਾ ਲਿਖਿ ਜਾਣੁ ॥
हे बाबा जी! यस्तो विवरण लेखिनुपर्छ।
ਜਿਥੈ ਲੇਖਾ ਮੰਗੀਐ ਤਿਥੈ ਹੋਇ ਸਚਾ ਨੀਸਾਣੁ ॥੧॥ ਰਹਾਉ ॥
ताकि जहाँ जीवित प्राणीहरूबाट (परलोकमा) गरिएका कर्महरूको हिसाब गरिन्छ, त्यहाँ सत्यको चिन्ह साथमा होस्।।१।।रहाउ।।
ਜਿਥੈ ਮਿਲਹਿ ਵਡਿਆਈਆ ਸਦ ਖੁਸੀਆ ਸਦ ਚਾਉ ॥
जुन परलोकमा भक्तजनलाई सम्मान प्राप्त हुन्छ, संधैं प्रसन्नता तथा सधैं आनन्द प्राप्त हुन्छ।
ਤਿਨ ਮੁਖਿ ਟਿਕੇ ਨਿਕਲਹਿ ਜਿਨ ਮਨਿ ਸਚਾ ਨਾਉ ॥
जसको हृदयमा सत्य न्म बसेको हुन्छष तिनको निधारमा तिलक सजिएको हुन्छ।
ਕਰਮਿ ਮਿਲੈ ਤਾ ਪਾਈਐ ਨਾਹੀ ਗਲੀ ਵਾਉ ਦੁਆਉ ॥੨॥
यस्तो नाम निरंकारको कृपा भएर मात्र प्राप्त हुन्छ, अन्यथा अरू कुरा गर्नु व्यर्थ छ।
ਇਕਿ ਆਵਹਿ ਇਕਿ ਜਾਹਿ ਉਠਿ ਰਖੀਅਹਿ ਨਾਵ ਸਲਾਰ ॥
यहाँ कोही जन्म लिन्छन् अनि कोही मर्दछन्, कोही यहाँ मुखिया बनेर रहन्छन्।
ਇਕਿ ਉਪਾਏ ਮੰਗਤੇ ਇਕਨਾ ਵਡੇ ਦਰਵਾਰ ॥
कोही भिखारी भएर जन्मन्छन्, कोही यहाँ ठुलो दरबार बनाएर रहन्छन्।
ਅਗੈ ਗਇਆ ਜਾਣੀਐ ਵਿਣੁ ਨਾਵੈ ਵੇਕਾਰ ॥੩॥
तर निरंकारको नाम बिना यही सब व्यर्थ हुन् भनी परलोकमा गएर नै थाहा हुन्छ।
ਭੈ ਤੇਰੈ ਡਰੁ ਅਗਲਾ ਖਪਿ ਖਪਿ ਛਿਜੈ ਦੇਹ ॥
हे पान्धा जी! तपाईँको हृदयमा परलोकको डर छ कि छैन, मलाई परलोकको ठुलो डर छ। यसैले, यो शरीर व्यावहारिक कार्यहरूमा एक एक गरेर टुक्रन्दैछ।
ਨਾਵ ਜਿਨਾ ਸੁਲਤਾਨ ਖਾਨ ਹੋਦੇ ਡਿਠੇ ਖੇਹ ॥
जसको नाम बादशाह र सरदार हुन्छ, उनीहरु पनि यहाँ माटोमा माटो लिएर देखिएका छन् ।
ਨਾਨਕ ਉਠੀ ਚਲਿਆ ਸਭਿ ਕੂੜੇ ਤੁਟੇ ਨੇਹ ॥੪॥੬॥
सतगुरूजी भन्नुहुन्छ कि जब प्राणी यो नश्वर संसारलाई त्योगेर जाँदछ तब उसले यहाँ गरेको जति पनि असत्य प्रेम-सम्बन्ध हुन्छन्, ती टुट्दछन्।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਸਭਿ ਰਸ ਮਿਠੇ ਮੰਨਿਐ ਸੁਣਿਐ ਸਾਲੋਣੇ ॥
हे पिताजी! परमेश्वरको नामको चिन्तन गर्दा मिठो रस र श्रवण गर्नाले नुनिलो रस दिन्छ।
ਖਟ ਤੁਰਸੀ ਮੁਖਿ ਬੋਲਣਾ ਮਾਰਣ ਨਾਦ ਕੀਏ ॥
मुखले उनको स्तुति गर्दा अमिलो र सुख्खा चिजको स्वाद मिल्छ र रागहरूमा किर्तनले सबै प्रकारका मसलाको स्वाद दिन्छ।
ਛਤੀਹ ਅੰਮ੍ਰਿਤ ਭਾਉ ਏਕੁ ਜਾ ਕਉ ਨਦਰਿ ਕਰੇਇ ॥੧॥
वास्तवमा छत्तिस प्रकारका अमृतरूपी भोजन एकै परमेश्वरको नाम हो, तर जसमाथि परमात्माको कृपा हुन्छ उसले यो पाउँदछ।
ਬਾਬਾ ਹੋਰੁ ਖਾਣਾ ਖੁਸੀ ਖੁਆਰੁ ॥
हे पिताजी! जिब्रोको स्वादका लागि अन्य पदार्थको सेवन (अन्तमा) गर्नाले प्रसन्नतालाई खिन्न बनाउँछ।
ਜਿਤੁ ਖਾਧੈ ਤਨੁ ਪੀੜੀਐ ਮਨ ਮਹਿ ਚਲਹਿ ਵਿਕਾਰ ॥੧॥ ਰਹਾਉ ॥
जे खाएपछि मनमा काम आदि विकृतिप्रति झुकाउ हुन्छ, परलोकमा शरीरलाई सताइन्छ।।१।।रहाउ।।
ਰਤਾ ਪੈਨਣੁ ਮਨੁ ਰਤਾ ਸੁਪੇਦੀ ਸਤੁ ਦਾਨੁ ॥
मनलाई बाहेगुरुमा लिन गर्नका लागि नै मैले रातो पहिरन बनाएको छु, सत्य बोल्नका लागि सेतो वस्त्र बनाएको छु।
ਨੀਲੀ ਸਿਆਹੀ ਕਦਾ ਕਰਣੀ ਪਹਿਰਣੁ ਪੈਰ ਧਿਆਨੁ ॥
पापरहित भएर प्रभुको चरणमा ध्यान गर्नका लागि मैले निलो वस्त्रको पहिरण पनाएको छु।
ਕਮਰਬੰਦੁ ਸੰਤੋਖ ਕਾ ਧਨੁ ਜੋਬਨੁ ਤੇਰਾ ਨਾਮੁ ॥੨॥
सन्तुष्टिलाई कम्मरको पटुका अनि भगवानको नामलाई धन र जवानी मानिएको छ।।२।।
ਬਾਬਾ ਹੋਰੁ ਪੈਨਣੁ ਖੁਸੀ ਖੁਆਰੁ ॥
हे पिताजी! यी सांसारिक सुखहरूको भोगमा लागिरहँदा हाम्रो मन वास्तविक आनन्दबाट बञ्चित हुन्छ। (जो तपाईँ परमेश्वरलाई सम्झेर पाउनुहुन्छ)
ਜਿਤੁ ਪੈਧੈ ਤਨੁ ਪੀੜੀਐ ਮਨ ਮਹਿ ਚਲਹਿ ਵਿਕਾਰ ॥੧॥ ਰਹਾਉ ॥
जुन वस्त्र लगाएर शरीरमा दुःख हुन्थ तथा मनमा नराम्रो विचार उत्पन्न हुन्छ, यस्तो वस्त्र लगाउनु व्यर्थ छ।।१।।रहाउ।।
ਘੋੜੇ ਪਾਖਰ ਸੁਇਨੇ ਸਾਖਤਿ ਬੂਝਣੁ ਤੇਰੀ ਵਾਟ ॥
सत्यरूपी घोडालाई सत्य वचनको जीन धारण गरेर, त्यसलाई करुणा आदि सुनको गहनाले सुशोभित गरेर निरङ्कर प्राप्त गर्ने मार्ग पैल्याएको छु।
ਤਰਕਸ ਤੀਰ ਕਮਾਣ ਸਾਂਗ ਤੇਗਬੰਦ ਗੁਣ ਧਾਤੁ ॥
शुद्ध मनरूपी धनुमा प्रेमका बाणहरू छन्, ईश्वरतर्फ उन्मुख बुद्धि मेरो इच्छा हो, शान्ति मेरो लागि वरदान हो, ज्ञानलाई मैले म्यान मानेको छु, म यी शुभ गुणहरूतिर दौडेको छु।
ਵਾਜਾ ਨੇਜਾ ਪਤਿ ਸਿਉ ਪਰਗਟੁ ਕਰਮੁ ਤੇਰਾ ਮੇਰੀ ਜਾਤਿ ॥੩॥
ईश्वरको कृपाले, तपाईंको घरमा सम्मानको साथ प्रकट हुन मेरो लागि एक वरदान र भाला हो, यो तपाईंको साँचो अनुग्रह नै मेरो उच्च जाति हो।।३।।
ਬਾਬਾ ਹੋਰੁ ਚੜਣਾ ਖੁਸੀ ਖੁਆਰੁ ॥
हे पिताजी! मनलाई खुसी पार्न अरू कसैको सवारी गर्नाले मानिस खिन्न हुन्छ।
ਜਿਤੁ ਚੜਿਐ ਤਨੁ ਪੀੜੀਐ ਮਨ ਮਹਿ ਚਲਹਿ ਵਿਕਾਰ ॥੧॥ ਰਹਾਉ ॥
जसमाथि चढेर तनमा पिडा हुन्छ अनि मनमा विकृति पैदा हुन्छ भने यस्तो सवारी गर्न व्यर्थ छ।।१।।रहाउ।।
ਘਰ ਮੰਦਰ ਖੁਸੀ ਨਾਮ ਕੀ ਨਦਰਿ ਤੇਰੀ ਪਰਵਾਰੁ ॥
हे निरंकार! तिम्रो नामको प्रशंसा नै मेरा लागि घर हो अनि तिम्रो कृपा-दृष्टि मेरो परिवार हो।