Page 15
ਨਾਨਕ ਕਾਗਦ ਲਖ ਮਣਾ ਪੜਿ ਪੜਿ ਕੀਚੈ ਭਾਉ ॥
सतगुरुजी भन्नुहुन्छ कि लाखौं मन कागज पढेर अर्थात् अनेकौं शास्त्र तथा धर्नग्रन्थहरूको अध्ययन गरेर, ईश्वरसँग प्रेम गरून्।
ਮਸੂ ਤੋਟਿ ਨ ਆਵਈ ਲੇਖਣਿ ਪਉਣੁ ਚਲਾਉ ॥
उनको प्रसंसा लेख्नाका लागि मसीको पनि अभाव नहोस् अनि कलम हावाजस्तो चलिरहोस्।
ਭੀ ਤੇਰੀ ਕੀਮਤਿ ਨਾ ਪਵੈ ਹਉ ਕੇਵਡੁ ਆਖਾ ਨਾਉ ॥੪॥੨॥
तर पनि म तिम्रो मूल्याङ्कन गर्न सक्दिन, तिम्रो नामको म कति महान व्याख्या गरूँ, अर्थात् तिम्रो नामको महिमाको व्याक्या गर्न कठिन छ।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਲੇਖੈ ਬੋਲਣੁ ਬੋਲਣਾ ਲੇਖੈ ਖਾਣਾ ਖਾਉ ॥
हे मानव! शब्दहरूको बोली सीमित हुन्छ। खाना-पिना पनि सीमित छ।
ਲੇਖੈ ਵਾਟ ਚਲਾਈਆ ਲੇਖੈ ਸੁਣਿ ਵੇਖਾਉ ॥
बाटोमा हिँड्ने सीमा बाँधिएको हुन्छ, हेर्ने र सुन्नेको सीमा निश्चित हुन्छ।
ਲੇਖੈ ਸਾਹ ਲਵਾਈਅਹਿ ਪੜੇ ਕਿ ਪੁਛਣ ਜਾਉ ॥੧॥
यहाँसम्म कि स्रष्टा(प्रभु)ले तिमीलाई जुन श्वास दिएका छन् अनको लिने पनि सिमा छ(यसको पुष्टिका लागि) कुनै विद्वानलाई सोध्न के आवश्यक छ।।१।।
ਬਾਬਾ ਮਾਇਆ ਰਚਨਾ ਧੋਹੁ ॥
यसकारण हे जीव! यस सांसारिक माया सबै-कुरा कपट हो।
ਅੰਧੈ ਨਾਮੁ ਵਿਸਾਰਿਆ ਨਾ ਤਿਸੁ ਏਹ ਨ ਓਹੁ ॥੧॥ ਰਹਾਉ ॥
जुन अज्ञानीले परमात्माको नाम आफ्नो हृदयबाट भुलिदिएको छ, न त उसलाई यो प्राप्त भएको छ न उसले परमात्मालाई प्राप्त गरेको छ।।१।।रहाउ।।
ਜੀਵਣ ਮਰਣਾ ਜਾਇ ਕੈ ਏਥੈ ਖਾਜੈ ਕਾਲਿ ॥
जन्मदेखि लिएर मृत्युकालसम्म मानव यस संसारमा आफ्नो नातागोताहरूसँग सांसारिक वस्तुहरूको भोग गर्दछ।
ਜਿਥੈ ਬਹਿ ਸਮਝਾਈਐ ਤਿਥੈ ਕੋਇ ਨ ਚਲਿਓ ਨਾਲਿ ॥
तर जुन धर्मराजको सभामा बसाएर प्राणीलाई उसको कर्महरूको लेखाजोखा बताइन्छ, त्यहाँसम्म जानका लागि अथवा उसको सहायता गर्न कोही पनि साथमा जादैन।
ਰੋਵਣ ਵਾਲੇ ਜੇਤੜੇ ਸਭਿ ਬੰਨਹਿ ਪੰਡ ਪਰਾਲਿ ॥੨॥
मृत्युको पश्चात जो रुन्छन् ती सबै व्यर्थका भार लिन्छन् अर्थात् तिनीहरू व्यर्थैमा रुने काम गर्दछन्।
ਸਭੁ ਕੋ ਆਖੈ ਬਹੁਤੁ ਬਹੁਤੁ ਘਟਿ ਨ ਆਖੈ ਕੋਇ ॥
परमात्माको बारेमा प्रत्येकले अधिकभन्दा अधिक भन्छन्, कम्ति कसैले पनि भन्दैनन्।
ਕੀਮਤਿ ਕਿਨੈ ਨ ਪਾਈਆ ਕਹਣਿ ਨ ਵਡਾ ਹੋਇ ॥
तर उनको मबल्याङ्कन कसैले पनि गर्न सक्दैन, भन्नाले मात्र उहाँ ठुलो अथवा महान् हुनुहुन्न।
ਸਾਚਾ ਸਾਹਬੁ ਏਕੁ ਤੂ ਹੋਰਿ ਜੀਆ ਕੇਤੇ ਲੋਅ ॥੩॥
सत्य स्वरूप निरंकार तिमी केवल एक मात्र छौ, तथा अन्य प्रणिहरूको हृदयमा ज्ञानको ज्योति दिने हौ।।३।।
ਨੀਚਾ ਅੰਦਰਿ ਨੀਚ ਜਾਤਿ ਨੀਚੀ ਹੂ ਅਤਿ ਨੀਚੁ ॥
निम्नभन्दा निम्न जातिको मानिस अनि फेरि तिनमा पनि जो अति निम्न प्रभुका भक्त छन्।
ਨਾਨਕੁ ਤਿਨ ਕੈ ਸੰਗਿ ਸਾਥਿ ਵਡਿਆ ਸਿਉ ਕਿਆ ਰੀਸ ॥
सतगुरुजी भन्छन् कि हे निरंकार! उनीसँग मलाई भेटाइदेऊ, मा. वा ज्ञानको अभिमानको कारण जो ठुला छन् उनीसँग मेरो के समानता हुन्छ।
ਜਿਥੈ ਨੀਚ ਸਮਾਲੀਅਨਿ ਤਿਥੈ ਨਦਰਿ ਤੇਰੀ ਬਖਸੀਸ ॥੪॥੩॥
जुन स्थानमा ती निम्न व्यक्तिहरूलाई सम्हालिन्छ, त्यहाँ नै, हे कृपासागर! मप्रति तिम्रो कृपा हुनेछ।।४।।३।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਲਬੁ ਕੁਤਾ ਕੂੜੁ ਚੂਹੜਾ ਠਗਿ ਖਾਧਾ ਮੁਰਦਾਰੁ ॥
लोभ गर्ने कुकुरको समान, झूट बोल्ने धोकेबाज, अरूलाई छलकपट गरेर खाने शव-भक्षक हुन्छन्।
ਪਰ ਨਿੰਦਾ ਪਰ ਮਲੁ ਮੁਖ ਸੁਧੀ ਅਗਨਿ ਕ੍ਰੋਧੁ ਚੰਡਾਲੁ ॥
अरूको निन्दा गर्नाले मुखमा मैला हुन्छ, क्रोधाग्निले मनिसले चाण्डालको रूप धारण गर्दछ।
ਰਸ ਕਸ ਆਪੁ ਸਲਾਹਣਾ ਏ ਕਰਮ ਮੇਰੇ ਕਰਤਾਰ ॥੧॥
आत्म- प्रशंसा अमिलो-मिठो रसहरूको पदार्थ हो। हे कर्ता! तिमीदेखि प्राणीहरूलाई अलग गर्ने यही कुरा नै हो।
ਬਾਬਾ ਬੋਲੀਐ ਪਤਿ ਹੋਇ ॥
हे मानव! यस्तो वचन गर जसले तिम्रो इज्जत हुनेछ।
ਊਤਮ ਸੇ ਦਰਿ ਊਤਮ ਕਹੀਅਹਿ ਨੀਚ ਕਰਮ ਬਹਿ ਰੋਇ ॥੧॥ ਰਹਾਉ ॥
किनभने जुन प्राणी यस लोकमा श्रेष्ठ हुन्छ उही परमात्माको द्वारमा पनि उत्तम मानिन्छ अनि नराम्रो काम गर्ने प्राणीलाई नर्कको कष्ट भोग्न पर्दछ।।१।।रहाउ।।
ਰਸੁ ਸੁਇਨਾ ਰਸੁ ਰੁਪਾ ਕਾਮਣਿ ਰਸੁ ਪਰਮਲ ਕੀ ਵਾਸੁ ॥
(मान्छेको मनमा) सुनको गहनाहरूको मोह छ, चाँदीप्रति स्नेह छ, सुन्दर स्त्रीको भोगको रस छ, सुगन्धप्रतिको प्यार छ।
ਰਸੁ ਘੋੜੇ ਰਸੁ ਸੇਜਾ ਮੰਦਰ ਰਸੁ ਮੀਠਾ ਰਸੁ ਮਾਸੁ ॥
घोडसवारी गर्ने इच्छा छ, आकर्षक पलङमा सुत्ने अथवा भव्य महलमा बस्ने चाहना, मिठा चिजहरू पकवान तथा मासु-मदिरा सेवन गर्ने लगन छ।
ਏਤੇ ਰਸ ਸਰੀਰ ਕੇ ਕੈ ਘਟਿ ਨਾਮ ਨਿਵਾਸੁ ॥੨॥
यी जो भनिएका छन्, यी सबै रसानन्द शरीर मै भइरहेका छन् भने परमात्माको नाम-रस अन्तष्करणको कुन स्थानमा निवास गर्दछ।।२।।
ਜਿਤੁ ਬੋਲਿਐ ਪਤਿ ਪਾਈਐ ਸੋ ਬੋਲਿਆ ਪਰਵਾਣੁ ॥
जुन वचन बोल्नाले प्रतिष्ठा प्राप्त हुन्छ त्यही भनाइ परमातमाको दरबारमा स्वीकृत हुन्छ।
ਫਿਕਾ ਬੋਲਿ ਵਿਗੁਚਣਾ ਸੁਣਿ ਮੂਰਖ ਮਨ ਅਜਾਣ ॥
हे अज्ञानी मन! सुन, निरस वचन बोल्ने व्यक्ति दुःखी हुन्छ।
ਜੋ ਤਿਸੁ ਭਾਵਹਿ ਸੇ ਭਲੇ ਹੋਰਿ ਕਿ ਕਹਣ ਵਖਾਣ ॥੩॥
जो परमेश्वरलाई राम्रो लाग्दछ उही वचन श्रेष्ठ हो अनि के भनाइ वा गुणगान गर्नु र।।३।।
ਤਿਨ ਮਤਿ ਤਿਨ ਪਤਿ ਤਿਨ ਧਨੁ ਪਲੈ ਜਿਨ ਹਿਰਦੈ ਰਹਿਆ ਸਮਾਇ ॥
जुस मानिसहरूको बुद्धि, प्रतिष्ठा तथा दैवी सम्पत्ति रूपी धन श्रेष्ठ हुन्, जसको हृदयमा परमेश्वरको बास छ।
ਤਿਨ ਕਾ ਕਿਆ ਸਾਲਾਹਣਾ ਅਵਰ ਸੁਆਲਿਉ ਕਾਇ ॥
उनको प्रशंसा के गर्नु, अन्य को प्रशंसनीय हुन सक्दछ।
ਨਾਨਕ ਨਦਰੀ ਬਾਹਰੇ ਰਾਚਹਿ ਦਾਨਿ ਨ ਨਾਇ ॥੪॥੪॥
सतगुरू जी भन्नुहुन्छ कि जुन मानिस निरंकारको कृपादृष्टिले भरिपूर्ण छन्, ती परमात्माद्वारा प्रदत्त विभुतिहरूमै लागिरहन्छन्, नाममा होइन।।४।।४।।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
सिरीरागु महला १ ॥
ਅਮਲੁ ਗਲੋਲਾ ਕੂੜ ਕਾ ਦਿਤਾ ਦੇਵਣਹਾਰਿ ॥
दाता निरंकारले प्राणीलाई जुन नश्वर शरीर रूपी नशाको गोली प्रदान गरेका छन्। अर्थाम मानवलाई परमात्माले जो शरीर दिएका छन्, त्यसको अभिमान रूपी नशामा प्राणी अचेत भइरहेको छ।
ਮਤੀ ਮਰਣੁ ਵਿਸਾਰਿਆ ਖੁਸੀ ਕੀਤੀ ਦਿਨ ਚਾਰਿ ॥
यसको अभिमानमा मस्त भएर मृत्युलाई भुलिराखेको छ अनि अल्परकालान खुशीमा परमेश्वरबाट टाडा भइरहेका छन्
ਸਚੁ ਮਿਲਿਆ ਤਿਨ ਸੋਫੀਆ ਰਾਖਣ ਕਉ ਦਰਵਾਰੁ ॥੧॥
जसलाई यो नशा भएन ती सुफिहरूलाई सत्य स्वरूप अकाल पुरख प्राप्त भयो जसले गर्दा उनीहरूलाई बैकुण्ठमा स्थान प्राप्त भयो।।१।।
ਨਾਨਕ ਸਾਚੇ ਕਉ ਸਚੁ ਜਾਣੁ ॥
यस कारण नानक जीको भनाइ छ कि हे मानव! सत्यस्वरूप अकाल पुरखलाई नै निश्चित वा सत्य हुन भनी जान।
ਜਿਤੁ ਸੇਵਿਐ ਸੁਖੁ ਪਾਈਐ ਤੇਰੀ ਦਰਗਹ ਚਲੈ ਮਾਣੁ ॥੧॥ ਰਹਾਉ ॥
जसको स्मरण गर्दा नै आत्मिक सुख प्राप्त हुँदछ अनि निरंकारको दरबारमा सम्मान प्राप्त हुन्छ।।१।।रहाउ।।
ਸਚੁ ਸਰਾ ਗੁੜ ਬਾਹਰਾ ਜਿਸੁ ਵਿਚਿ ਸਚਾ ਨਾਉ ॥
वास्तवमा गुडबिना मदिरा बनिँदैन, यसकारण निरंकारको नामको धङ्घङीका लागि सत्यतारूपी मदिरामा ज्ञानरूपी गुड सामेल हुन आवश्यक छ, जसमा प्रभु-नाम मिलेको होस्।