Page 4
ਅਸੰਖ ਭਗਤ ਗੁਣ ਗਿਆਨ ਵੀਚਾਰ ॥
असङ्ख्य यस्ता भक्तहरू छन् जो ती गुणी निरंकारका गुणहरूलाई मनन गरेर ज्ञान प्राप्त गर्दछन्।
ਅਸੰਖ ਸਤੀ ਅਸੰਖ ਦਾਤਾਰ ॥
सत्यलाई चिन्ने अथवा परमार्थ-पदमा हिँड्ने तथा दानी सज्जन असङ्ख्य छन्।
ਅਸੰਖ ਸੂਰ ਮੁਹ ਭਖ ਸਾਰ ॥
असङ्ख्य शुरवीर रणभुमिमा शत्रुका सामना गर्दा शास्त्रको मार सहन्छन्।
ਅਸੰਖ ਮੋਨਿ ਲਿਵ ਲਾਇ ਤਾਰ ॥
असङ्ख्य मानव जीव मौन धारण गरेर एकाग्रचितित भएर ती अकाल-पुरखमा लिन रहन्छन्।
ਕੁਦਰਤਿ ਕਵਣ ਕਹਾ ਵੀਚਾਰੁ ॥
यसकारण मेरो यति बुद्धि कहाँ छ कि म ती अकथनीय प्रभुका सामर्थ्यलाई बुझ्न सकूँ।
ਵਾਰਿਆ ਨ ਜਾਵਾ ਏਕ ਵਾਰ ॥
हे अनन्त स्वरूप! म तिमीप्रति समर्पित हुनका लागि एकदमै योग्य छुइन।
ਜੋ ਤੁਧੁ ਭਾਵੈ ਸਾਈ ਭਲੀ ਕਾਰ ॥
जो तपाईँलाई राम्रो लाग्छ त्यही कार्य श्रेष्ठ हो।
ਤੂ ਸਦਾ ਸਲਾਮਤਿ ਨਿਰੰਕਾਰ ॥੧੭॥
हे निरंकार! हे पारब्रह्म! तिमी शाश्वत रूप हौ।।।१७।।
ਅਸੰਖ ਮੂਰਖ ਅੰਧ ਘੋਰ ॥
यस सृष्टिमा असङ्ख्य विमुढ तथा गहन अज्ञानी मानिसहरू छन्।
ਅਸੰਖ ਚੋਰ ਹਰਾਮਖੋਰ ॥
असङ्ख्य चोर तथा अभक्ष्य खानेहरू छन्, जसले अरूको समान चोरेर खान्छन्।
ਅਸੰਖ ਅਮਰ ਕਰਿ ਜਾਹਿ ਜੋਰ ॥
असङ्ख्य नै यस्ता छन् जो अन्य मानिसहरूप्रति कठोर आचारणले अत्याचारी शासन गरेर यो संसार त्यागेर जान्छन्।
ਅਸੰਖ ਗਲਵਢ ਹਤਿਆ ਕਮਾਹਿ ॥
असङ्ख्य अधर्मी मानिसहरू जो अर्काको गला काटेर हत्याको पाप कमाइरहेका छन्।
ਅਸੰਖ ਪਾਪੀ ਪਾਪੁ ਕਰਿ ਜਾਹਿ ॥
असङ्ख्य नै पापीहरू यस संसारबाट पाप गरेर जाँदछन्।
ਅਸੰਖ ਕੂੜਿਆਰ ਕੂੜੇ ਫਿਰਾਹਿ ॥
असङख्य नै झूटा स्वभावहरू राख्नेहरू झूटा कुराहरू बोल्दै हिँड्छन्।
ਅਸੰਖ ਮਲੇਛ ਮਲੁ ਭਖਿ ਖਾਹਿ ॥
असङ्ख्य मानिसहरू यस्ता छन् जो आफ्नो फोहोर बुद्धि भएका कारण विषाक्त भोजन खान्छन् ।
ਅਸੰਖ ਨਿੰਦਕ ਸਿਰਿ ਕਰਹਿ ਭਾਰੁ ॥
असङ्ख्य मानिसहरू अरूको निन्दा गरेर आफ्नो शीरमाथि पापको बोझ राख्दछन्।
ਨਾਨਕੁ ਨੀਚੁ ਕਹੈ ਵੀਚਾਰੁ ॥
श्री गुरु नानक देवजीले आफूलाई निम्न भन्दै भनेका छन् कि हामीले दुष्ट प्राणीहरू अर्थात् तामसी वा आसुरी धनको सृष्टिको वर्णन गरेका छौं।
ਵਾਰਿਆ ਨ ਜਾਵਾ ਏਕ ਵਾਰ ॥
हे अनन्त स्वरूप! म तपाईँमा सपर्पित हुन एकदमै योग्य छुइन।
ਜੋ ਤੁਧੁ ਭਾਵੈ ਸਾਈ ਭਲੀ ਕਾਰ ॥
तपाईँलाई जे राम्रो लाग्छ त्यही कार्य श्रेष्ठ हो।
ਤੂ ਸਦਾ ਸਲਾਮਤਿ ਨਿਰੰਕਾਰ ॥੧੮॥
हे निरंकार!हे पारब्रह्म! तिमी सदैव शाश्वत हौ।।१८।।
ਅਸੰਖ ਨਾਵ ਅਸੰਖ ਥਾਵ ॥
ती सृष्टिकर्ताको सृष्टिमा अनगिन्ती नाम र अनगिन्ती स्थानका प्राणीहरू घुमिरहेका छन्; अथवा यस सृष्टिमा अकाल-पुरखका धेरै नामहरू छन् तथा धेरै ठाउँहरू छन् जहाँ परमात्मा बस्नुहुन्छ।
ਅਗੰਮ ਅਗੰਮ ਅਸੰਖ ਲੋਅ ॥
असङ्ख्य नै अकत्पनीय लोक छन्।
ਅਸੰਖ ਕਹਹਿ ਸਿਰਿ ਭਾਰੁ ਹੋਇ ॥
तर जुन मानिसले उहाँको सृष्टिको हिसाब गर्दा 'असङ्ख्य' शब्द प्रयोग गर्दछ उसको शिरमा पनि बोझ हुन्छ।
ਅਖਰੀ ਨਾਮੁ ਅਖਰੀ ਸਾਲਾਹ ॥
शब्दद्वारा मात्र त्यो निरंकरको नामजप गर्न सकिन्छ, शब्दले मात्र प्रशंसा गर्न सकिन्छ ।
ਅਖਰੀ ਗਿਆਨੁ ਗੀਤ ਗੁਣ ਗਾਹ ॥
परमात्माका गुणहरूको ज्ञान पनि शब्दहरूद्वारा गर्न सकिन्छ अनि उहाँको प्रशंसा पनि शब्दहरूद्वारा मात्र गर्न सकिन्छ।
ਅਖਰੀ ਲਿਖਣੁ ਬੋਲਣੁ ਬਾਣਿ ॥
केवल शब्दहरूद्वारा नै उहाँको वाणी लेख्न र बोल्न सकिन्छ।
ਅਖਰਾ ਸਿਰਿ ਸੰਜੋਗੁ ਵਖਾਣਿ ॥
मस्तिष्कमा लेखिएका कार्महरू शब्दद्वारा वर्णन गर्न सकिन्छ।
ਜਿਨਿ ਏਹਿ ਲਿਖੇ ਤਿਸੁ ਸਿਰਿ ਨਾਹਿ ॥
तर जुन ईश्वरले सबैको भाग्य लेखेका छन्, ती परमेश्वर स्वयम् नियतिदेखि माथि छन्।
ਜਿਵ ਫੁਰਮਾਏ ਤਿਵ ਤਿਵ ਪਾਹਿ ॥
जसरी अकाल-पुरखले मानिसको कर्मअनुसार आज्ञा दिन्छन्, त्यसरी नै उसले पनि आफ्ना कर्महरूलाई भोग्छ।
ਜੇਤਾ ਕੀਤਾ ਤੇਤਾ ਨਾਉ ॥
सृष्टिकर्ताले यस सृष्टिलाई जति पनि विस्तार गरेका छन्, ती सबै नाम-रूपी नै छन्।
ਵਿਣੁ ਨਾਵੈ ਨਾਹੀ ਕੋ ਥਾਉ ॥
कुनै पनि स्थान नाम नभएको छैन।
ਕੁਦਰਤਿ ਕਵਣ ਕਹਾ ਵੀਚਾਰੁ ॥
यसकारण मसँग यति बुद्धि कहाँ छ कि म ती अकथनीय प्रभुको सामर्थ्यको बारेमा कहाँ सोच्न सकूँ।
ਵਾਰਿਆ ਨ ਜਾਵਾ ਏਕ ਵਾਰ ॥
हे अनन्त स्वरूप! म एकपल्ट पनि तपाईँप्रति न्यौछावर हुन सक्षम छुइन।
ਜੋ ਤੁਧੁ ਭਾਵੈ ਸਾਈ ਭਲੀ ਕਾਰ ॥
तपाईँलाई जुन राम्रो लाग्छ त्यही कार्य श्रेष्ठ हो।
ਤੂ ਸਦਾ ਸਲਾਮਤਿ ਨਿਰੰਕਾਰ ॥੧੯॥
हे निरंकार! हे पारब्रह्म! तपाईँ सदा शाश्वत रूप हुनुहुन्छ।।१९।।
ਭਰੀਐ ਹਥੁ ਪੈਰੁ ਤਨੁ ਦੇਹ ॥
यदि यो शरीर, हात- खुट्टा अथवा कुना अन्य अङ्ग मलिन भए
ਪਾਣੀ ਧੋਤੈ ਉਤਰਸੁ ਖੇਹ ॥
भने पानीले धोएपछि त्यसको मैला वा माटो सफा हुन्छ
ਮੂਤ ਪਲੀਤੀ ਕਪੜੁ ਹੋਇ ॥
यदि कुनै वस्त्र मलमूत्र आदिले अपवित्र भए
ਦੇ ਸਾਬੂਣੁ ਲਈਐ ਓਹੁ ਧੋਇ ॥
भने त्यसलाई साबुनले धोइन्छ।
ਭਰੀਐ ਮਤਿ ਪਾਪਾ ਕੈ ਸੰਗਿ ॥
यदि मानिसको बुद्धि दुष्कर्म गरेकाले मैला भए
ਓਹੁ ਧੋਪੈ ਨਾਵੈ ਕੈ ਰੰਗਿ ॥
भने त्यो वाहेगुरुका नामका स्मरण गरेर मात्र पवित्र हुन सक्दछ।
ਪੁੰਨੀ ਪਾਪੀ ਆਖਣੁ ਨਾਹਿ ॥
पुण्य र पाप भन्नका लागि मात्र होइन।
ਕਰਿ ਕਰਿ ਕਰਣਾ ਲਿਖਿ ਲੈ ਜਾਹੁ ॥
तर यस संसारमा बसेर मानिसले गरेका हरेक राम्रा-नराम्रा कर्मको विवरण धर्मराजले पठाएका चित्र-गुप्तले लेख्नेछन्, जसअनुसार उसलाई स्वर्ग वा नर्क प्राप्त हुनेछ ।
ਆਪੇ ਬੀਜਿ ਆਪੇ ਹੀ ਖਾਹੁ ॥
त्यसैले मानिस आफै कर्मको बिउ छर्छ अनि त्यसको फल आफै काट्छ।
ਨਾਨਕ ਹੁਕਮੀ ਆਵਹੁ ਜਾਹੁ ॥੨੦॥
गुरु नानकजी भन्नुहुन्छ कि यस संसारमा प्राणीको कर्मले उसलाई आवागमनको चक्रमा नै राख्नेछ, निरंकारले जीवको कर्मअनुसार यसको फलको आज्ञा दिनेछन्।। २०।।
ਤੀਰਥੁ ਤਪੁ ਦਇਆ ਦਤੁ ਦਾਨੁ ॥
तीर्थ-यात्रा, तपस्या- साधना, प्राणीहरूप्रति करुणा तथा निःस्वार्थ दान दिनाले
ਜੇ ਕੋ ਪਾਵੈ ਤਿਲ ਕਾ ਮਾਨੁ ॥
यदि कुनै मनुष्यले सम्मान पायो भने ऊ निकै सानो हुन्छ ।
ਸੁਣਿਆ ਮੰਨਿਆ ਮਨਿ ਕੀਤਾ ਭਾਉ ॥
तर जसले आफ्नो हृदयमा परमेश्वरको नामलाई प्रेम गरेका हुन्छन् र यसको बारेमा निरन्तर चिन्तन गरेका हुन्छन्।
ਅੰਤਰਗਤਿ ਤੀਰਥਿ ਮਲਿ ਨਾਉ ॥
मानौ उनीहरूले आफ्नो भित्रको तीर्थको स्थान गरे अनि आफ्नो मैला हटाए। (अर्थात्, त्यो प्राणीले आफ्नो हृदयलाई निरंकारमा डुबाएर आफ्नो अन्तस्करणको धुलो शुद्ध पारेको छ।)
ਸਭਿ ਗੁਣ ਤੇਰੇ ਮੈ ਨਾਹੀ ਕੋਇ ॥
हे सर्वगुण स्वरूप! तिमीमा सबै गुण छन्, ममा कुनै राम्रो गुण छैन।
ਵਿਣੁ ਗੁਣ ਕੀਤੇ ਭਗਤਿ ਨ ਹੋਇ ॥
सदाचारको गुण धारण नगरी भगवान को भक्ति पनि हुन सक्दैन।
ਸੁਅਸਤਿ ਆਥਿ ਬਾਣੀ ਬਰਮਾਉ ॥
हे निरंकार! तिम्रो संधै जय होस्, तिमी कल्याण स्वरूप हौ, ब्रह्म रूप हौ।
ਸਤਿ ਸੁਹਾਣੁ ਸਦਾ ਮਨਿ ਚਾਉ ॥
तिमी सत्य हौ, चैतन्य हौ अनि सदैव आनन्द स्वरूप हौ।
ਕਵਣੁ ਸੁ ਵੇਲਾ ਵਖਤੁ ਕਵਣੁ ਕਵਣ ਥਿਤਿ ਕਵਣੁ ਵਾਰੁ ॥
परमात्माले जब यो सृष्टिको शुरुवात गरेका थिए तब कुन चाँहि समय, कुन चाहिँ पल, कुन चाहिँ तिथि, तथा कुन चाहिँ दिन थियो।
ਕਵਣਿ ਸਿ ਰੁਤੀ ਮਾਹੁ ਕਵਣੁ ਜਿਤੁ ਹੋਆ ਆਕਾਰੁ ॥
त्यस समय कुन चाँहि ऋतु, कुन चाँहि महिना थियो, जब यो शुरू भएको थियो, यी सब कसले जान्दछ?
ਵੇਲ ਨ ਪਾਈਆ ਪੰਡਤੀ ਜਿ ਹੋਵੈ ਲੇਖੁ ਪੁਰਾਣੁ ॥
सृष्टि प्रसार भएको निश्चित समय महाविद्वान्, ऋषिमुनि अदिले पनि पत्ता लगाउन सकेका छैनन्, यदि उनीहरूले जान्न सकेका भए निश्चय नै वेदहरू अथवा धर्म-ग्रन्थहरूमा यसको उल्लेख गर्ने थिए।
ਵਖਤੁ ਨ ਪਾਇਓ ਕਾਦੀਆ ਜਿ ਲਿਖਨਿ ਲੇਖੁ ਕੁਰਾਣੁ ॥
यस समयको ज्ञान त कजिहरूलाई पनि हुन सकेन , यदि उनीहरूलाई थाहा भएको भए कुरान आदिमा यसको उल्लेख गर्ने थिए।
ਥਿਤਿ ਵਾਰੁ ਨਾ ਜੋਗੀ ਜਾਣੈ ਰੁਤਿ ਮਾਹੁ ਨਾ ਕੋਈ ॥
यस सृष्टिका रचनाको दिन, वार, ऋतु अथवा महिना आदिबारे कुनै योगीले पनि जान्न पाएका छैनन्।
ਜਾ ਕਰਤਾ ਸਿਰਠੀ ਕਉ ਸਾਜੇ ਆਪੇ ਜਾਣੈ ਸੋਈ ॥
यसको बारेमा त जो यस जगत् का रचयिता हुन् उनी स्वयं नै जान्न् सक्दछन् कि यस सृष्टिको प्रसार कहिले गरिएको थियो।
ਕਿਵ ਕਰਿ ਆਖਾ ਕਿਵ ਸਾਲਾਹੀ ਕਿਉ ਵਰਨੀ ਕਿਵ ਜਾਣਾ ॥
म कसरी ती अकाल पुरुषको चमत्कारबारे भनूँ, कसरी उको प्रशंसा गरूँ, कस्तो प्रकारले वर्णन गरूँ अनि कसरी तिनको भेदलाई जान्न सक्दछु?