Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-3

Page 3

ਸੁਣਿਐ ਦੂਖ ਪਾਪ ਕਾ ਨਾਸੁ॥੯॥ परमात्माको नाम सुन्नाले सबै दुःख तथा दुष्कर्महरूको नाश हुन्छ।।९।।
ਸੁਣਿਐ ਸਤੁ ਸੰਤੋਖੁ ਗਿਆਨੁ ॥ नाम सुन्दैमा मानिसलाई सत्य, सन्तोष अनि ज्ञानजस्ता मूल धर्महरूको प्राप्ति हुन्छ।
ਸੁਣਿਐ ਅਠਸਠਿ ਕਾ ਇਸਨਾਨੁ ॥ नाम सुन्दा मात्रैमा समस्त तीर्थमै श्रेष्ठ अडसठ तीर्थहरूमा गरिने स्नानको फल प्राप्त भइहाल्छ।
ਸੁਣਿਐ ਪੜਿ ਪੜਿ ਪਾਵਹਿ ਮਾਨੁ ॥ निरंकारको नाम सुनेपछि उहाँलाई बारम्बार रसनामा ल्याउने व्यक्तिले उनको दरबारमा सम्मान पाउँछ।
ਸੁਣਿਐ ਲਾਗੈ ਸਹਜਿ ਧਿਆਨੁ ॥ नाम सुनेपछि परमात्मामा सजिलैसँग लिन हुनेछ, किनभने यसबाट आत्मिक सुद्धि भएर ज्ञान प्राप्त हुन्छ।
ਨਾਨਕ ਭਗਤਾ ਸਦਾ ਵਿਗਾਸੁ ॥ हे नानक! प्रभुको भक्तहरूमा सदैव आत्मिक आनन्दको प्रकाश रहन्छ।
ਸੁਣਿਐ ਦੂਖ ਪਾਪ ਕਾ ਨਾਸੁ ॥੧੦॥ परमात्माको नाम सुन्नाले समस्त दुःख तथा दुष्कर्महरूको नाश हुन्छन्।।१०।।
ਸੁਣਿਐ ਸਰਾ ਗੁਣਾ ਕੇ ਗਾਹ ॥ नाम सुन्नाले गुणहरूको सागर श्री हरिमा लिन हुन सकिन्छ।
ਸੁਣਿਐ ਸੇਖ ਪੀਰ ਪਾਤਿਸਾਹ ॥ नाम-श्रवणको प्राभावले नै शेख, पीर अनि राजा आफ्नो आशनमा शोभायमान छन्।
ਸੁਣਿਐ ਅੰਧੇ ਪਾਵਹਿ ਰਾਹੁ ॥ आज्ञानी मानिसले नाम-श्रवन गर्नाले नै प्रभु-भक्तिको मार्ग प्राप्त गर्न सक्दछ।
ਸੁਣਿਐ ਹਾਥ ਹੋਵੈ ਅਸਗਾਹੁ ॥ यस भवसागरको आथाह गहिराइलाई जान्न पाउनु पनि नाम-श्रवणको शक्तिले नै सम्भव हुन सक्दछ।
ਨਾਨਕ ਭਗਤਾ ਸਦਾ ਵਿਗਾਸੁ ॥ हे नानक! असल पुरुषहरूभित्र सधैं आनन्दको प्रकाश हुन्छ।
ਸੁਣਿਐ ਦੂਖ ਪਾਪ ਕਾ ਨਾਸੁ ॥੧੧॥ परमात्माको नाम सुन्नाले समस्त दुःख तथा दुष्कर्महरूको नाश हुन्छ।११।।
ਮੰਨੇ ਕੀ ਗਤਿ ਕਹੀ ਨ ਜਾਇ ॥ त्यस अकाल पुरुषका नाम सुनेर त्यसलाई मान्ने अर्थात् त्यसलाई आफ्नो हृदयमा बसाउने मानिसको अवस्था भनेर भन्न सकिन्न।
ਜੇ ਕੋ ਕਹੈ ਪਿਛੈ ਪਛੁਤਾਇ ॥ कसैले पनि उसको अस्थाको वर्णन गर्दछ भने अन्तमा पछुतो गर्नु पर्दछ किन भने यस्तो गर्नु सजिलो छैन, यस्तो कुनै रचना छैन जसले नामबाट प्राप्त हुने आनन्दको रहस्योदघाटन गर्न सकोस्।
ਕਾਗਦਿ ਕਲਮ ਨ ਲਿਖਣਹਾਰੁ ॥ यस्तो अवस्थालाई यदि लेखियो भने पनि यसका लागि न कागज छ, न कलम छ न त लेख्ने कुनै जिज्ञासु नै।
ਮੰਨੇ ਕਾ ਬਹਿ ਕਰਨਿ ਵੀਚਾਰੁ ॥ जसले वाहेगुरुमा लिन हुनका लागि सोच्न सक्छन्।
ਐਸਾ ਨਾਮੁ ਨਿਰੰਜਨੁ ਹੋਇ ॥ परमात्माको नाम सर्वश्रेष्ठ तथा मायातीत छ।
ਜੇ ਕੋ ਮੰਨਿ ਜਾਣੈ ਮਨਿ ਕੋਇ ॥੧੨॥ यदि कसैले उसलाई हृदयमा बसाएर उसको बारेमा चिन्तन गर्दछ भने।।१२।।
ਮੰਨੈ ਸੁਰਤਿ ਹੋਵੈ ਮਨਿ ਬੁਧਿ ॥ परमात्माका नाम सुनेर त्यसको चिन्तन गर्नाले मन अनि बुद्धिमा उत्तम प्रीति पैदा हुनेछ।
ਮੰਨੈ ਸਗਲ ਭਵਣ ਕੀ ਸੁਧਿ ॥ चिन्तन गर्नाले सम्पूर्ण सृष्टिका ज्ञान-बोध हुँदछ।
ਮੰਨੈ ਮੁਹਿ ਚੋਟਾ ਨਾ ਖਾਇ ॥ यस संसारमा परमेश्वरको उपासना गर्ने मानिस सांसारिक कष्ट तथा परलोकमा यमदूतको यातनाहरूबाट पीडित हुँदैन।
ਮੰਨੈ ਜਮ ਕੈ ਸਾਥਿ ਨ ਜਾਇ ॥ ईश्वरको नाम स्मरण गर्ने मानिस जीवनको अन्तमा स्वर्गदूतहरूसित नरकमा जाँदैन, तर उसलाई स्वयम् ईश्वरका दूतहरूद्वारा स्वर्गमा लगिइन्छ। भगवान्‌को नामजप गर्नेहरूलाई भगवान्‌को आशीर्वाद प्राप्त हुन्छ जो कि यमदूतजस्ताले पनि छुन सक्दैन।
ਐਸਾ ਨਾਮੁ ਨਿਰੰਜਨੁ ਹੋਇ ॥ परमात्माको नाम अत्यन्त श्रेष्ठ तथा रहस्यमय छ।
ਜੇ ਕੋ ਮੰਨਿ ਜਾਣੈ ਮਨਿ ਕੋਇ ॥੧੩॥ यदि कसैले उसलाई आफ्नो हृदयमा लिन भएर उसको चिन्तन गर्दछ भने।।१३।।
ਮੰਨੈ ਮਾਰਗਿ ਠਾਕ ਨ ਪਾਇ ॥ निरंकारको नामको चिन्तन गर्ने मानिसको मार्गमा कुनै प्रकारकको बाधा आउँदैन।
ਮੰਨੈ ਪਤਿ ਸਿਉ ਪਰਗਟੁ ਜਾਇ ॥ चिन्तनशील व्यक्ति संसारमा सुन्दरताको हकदार हुन्छ ।
ਮੰਨੈ ਮਗੁ ਨ ਚਲੈ ਪੰਥੁ ॥ यस्ता व्यक्ति दुविधापूर्न मार्ग अथवा साम्प्रदायिकतालाई त्यागेर धर्मको बाटोमाहिँड्दछन् ।
ਮੰਨੈ ਧਰਮ ਸੇਤੀ ਸਨਬੰਧੁ ॥ धर्म-कार्यहरूसँग चिन्तनको बलियो सम्बन्ध हुँदछ।
ਐਸਾ ਨਾਮੁ ਨਿਰੰਜਨੁ ਹੋਇ ॥ परमात्माको नाम धेरै नै श्रेष्ठ तथा रहस्यमयी हुन्छ।
ਜੇ ਕੋ ਮੰਨਿ ਜਾਣੈ ਮਨਿ ਕੋਇ ॥੧੪॥ यदि कसैले उसलाई आफ्नो हृदयमा लिएर उसको चिन्तन गर्दछ भने।।१४।।
ਮੰਨੈ ਪਾਵਹਿ ਮੋਖੁ ਦੁਆਰੁ ॥ प्रभुको नामको चिन्तन गर्ने मानिसले मोक्षको द्वार प्राप्त गर्दछ।यी परमेश्वरका नाम-स्मरण नै यस संसाररूपी सागरमा पार लगाउने नौका अर्थात् मुक्ति दिने मोक्षको एक मात्र साधन हो।
ਮੰਨੈ ਪਰਵਾਰੈ ਸਾਧਾਰੁ ॥ चिन्तन गर्नेले आफ्ना परिवारका सबै सदस्यहरूमा त्यही नाउँको आश्रय दिन्छन्।
ਮੰਨੈ ਤਰੈ ਤਾਰੇ ਗੁਰੁ ਸਿਖ ॥ चिन्तनशील गुरसिख आफुले त यो भव-सागर पार गर्दछन् तथा अन्य साथीसङ्गीहरूलाई पनि पार गराइदिन्छन्।
ਮੰਨੈ ਨਾਨਕ ਭਵਹਿ ਨ ਭਿਖ ॥ हे नानक! चिन्तन गर्ने मानव, भिखारी बन्दैन।
ਐਸਾ ਨਾਮੁ ਨਿਰੰਜਨੁ ਹੋਇ ॥ परमात्माका नाम धेरै श्रेष्ठ एवम् रहस्यमय छ।
ਜੇ ਕੋ ਮੰਨਿ ਜਾਣੈ ਮਨਿ ਕੋਇ ॥੧੫॥ यदि कसै त्यसलाई आफ्नो मनमा लिएर चिन्तन गऱ्यो भने।
ਪੰਚ ਪਰਵਾਣ ਪੰਚ ਪਰਧਾਨੁ ॥ जसले प्रभु-नामको चिन्तन गर्दछ उसलाई श्रेष्ठ सन्तजन निरंकारका द्वारमा स्वीकारिन्छ, ऊ नै त्यहाँ प्रमुख हुन्छ।
ਪੰਚੇ ਪਾਵਹਿ ਦਰਗਹਿ ਮਾਨੁ ॥ यस्ताले गुरुमुख प्रिय अकाल पुरुषको सभामा सम्मान पाउँछन्।
ਪੰਚੇ ਸੋਹਹਿ ਦਰਿ ਰਾਜਾਨੁ ॥ यस्ता सद्- पुरुषहरू राजदरबारमा सुसज्जित हुन्छन्।जुन प्रभुका प्रेमिहरूले उनको नामरूपी रसको अमृतपान गरेका हुन्छन् यस्ता सद-पुरुष उनको दरबारमा परमात्माको घरमा बस्न पाउँछन्। ईश्वरको घरमा हाम्रो नामरूपी धन मात्र साथमा जान्छ।
ਪੰਚਾ ਕਾ ਗੁਰੁ ਏਕੁ ਧਿਆਨੁ ॥ सदगुणी मानवको ध्यन ती सतगुरु(निरंकार) मा नै दृढ रहन्छ।
ਜੇ ਕੋ ਕਹੈ ਕਰੈ ਵੀਚਾਰੁ ॥ यदि कुनै व्यक्ति त्यस सृष्टिकर्ताको बारेमा भन्न चाहन्छ वा उनको रचनाको हिसाब गर्न चाहन्छ भने
ਕਰਤੇ ਕੈ ਕਰਣੈ ਨਾਹੀ ਸੁਮਾਰੁ ॥ ती रचयिताका प्रकृतिका अनुमान गर्न सकिँदैन।
ਧੌਲੁ ਧਰਮੁ ਦਇਆ ਕਾ ਪੂਤੁ ॥ निरंकारद्वारा रचित सृष्टि स्वयंमा धर्मरूपी वृषभ (धौला गोरु) द्वारा कायम रहन्छ, जो दयाका पुत्र हुन् (किनकि मनमा करुणा भए मात्र यस मानव प्राणीबाट धर्मको कार्य सम्भव हुनेछ)।
ਸੰਤੋਖੁ ਥਾਪਿ ਰਖਿਆ ਜਿਨਿ ਸੂਤਿ ॥ जसलाई सन्तोषरूपी सूत्रले बाँधिएको छ।
ਜੇ ਕੋ ਬੁਝੈ ਹੋਵੈ ਸਚਿਆਰੁ ॥ यदि कसैलाई परमेश्वरको यो रहस्य थाह भयो भने, ऊ सत्यवादी हुन सक्छ।
ਧਵਲੈ ਉਪਰਿ ਕੇਤਾ ਭਾਰੁ ॥ ऊसँग कति बोझ छ, ऊ कति बोझ उठाउने क्षमता राख्दछ।
ਧਰਤੀ ਹੋਰੁ ਪਰੈ ਹੋਰੁ ਹੋਰੁ ॥ किन कि यस धरतीमा सृष्टिकर्ताले जे रचना गरेका छन् त्यो असिम छ, अनन्त छ।
ਤਿਸ ਤੇ ਭਾਰੁ ਤਲੈ ਕਵਣੁ ਜੋਰੁ ॥ उसोभए त्यो गोरुको बोझ कुन शक्तिमा आश्रित छ।
ਜੀਅ ਜਾਤਿ ਰੰਗਾ ਕੇ ਨਾਵ ॥ सृष्टिकर्ताको यस रचनामा अनेक जातिहरू, रङहरू तथा अलग-अलग नामले चिनिने मानिसहरू पर्दछन्।
ਸਭਨਾ ਲਿਖਿਆ ਵੁੜੀ ਕਲਾਮ ॥ जसको मस्तिष्कमा परमात्माको आज्ञाद्वारा संचालित कलमले कर्महरूको भाग्य लेखिएको हुन्छ।
ਏਹੁ ਲੇਖਾ ਲਿਖਿ ਜਾਣੈ ਕੋਇ ॥ तर यदि कुनै साधारण मानिसले यो भाग्य लेख्ने कुरा गर्छ भने,
ਲੇਖਾ ਲਿਖਿਆ ਕੇਤਾ ਹੋਇ ॥ उसलाई यो पनि थाहा हुनेछैन कि यो लेखिने भाग्यको कति अंश लेखिनेछ।
ਕੇਤਾ ਤਾਣੁ ਸੁਆਲਿਹੁ ਰੂਪੁ ॥ लेख्ने ती परमात्मामा कति शक्ति होला, उनको रूप कति सुन्दर छ।
ਕੇਤੀ ਦਾਤਿ ਜਾਣੈ ਕੌਣੁ ਕੂਤੁ ॥ उनको कति कृपा छ, यस्तो को छ जसले उनका सम्पूर्ण अनुमान लगाउन सक्दछ।
ਕੀਤਾ ਪਸਾਉ ਏਕੋ ਕਵਾਉ ॥ अकाल पुरखको मात्र एउटा शब्दले समस्त सृष्टिको प्रसार भएको हो।
ਤਿਸ ਤੇ ਹੋਏ ਲਖ ਦਰੀਆਉ ॥ त्यो एक शब्दरूपी आदेशबाट नै सृष्टिमा एकबाट अनेक जीव-जन्तु, तथा अन्य पदार्थहरूका प्रवाह चलिरहेका छन्।
ਕੁਦਰਤਿ ਕਵਣ ਕਹਾ ਵੀਚਾਰੁ ॥ यसकारण मसँग यति बुद्धि कहाँ छ कि म ती अकथनीय प्रभुको सामर्थ्यलाई सम्झन सकूँ।
ਵਾਰਿਆ ਨ ਜਾਵਾ ਏਕ ਵਾਰ ॥ हे अनन्त स्वरूप! म एकपल्ट पनि तपाईँप्रति न्यौछावर हुन सक्षम छुइन।
ਜੋ ਤੁਧੁ ਭਾਵੈ ਸਾਈ ਭਲੀ ਕਾਰ ॥ तपाईँलाई जुन राम्रो लाग्छ त्यही कार्य श्रेष्ठ हो।
ਤੂ ਸਦਾ ਸਲਾਮਤਿ ਨਿਰੰਕਾਰ ॥੧੬॥ हे निरंकार! हे पारब्रह्म! तपाईँ सदा शाश्वत रूप हुनुहुन्छ।।१६।।
ਅਸੰਖ ਜਪ ਅਸੰਖ ਭਾਉ ॥ यस सृष्टिमा असङ्ख्य मानिसहरू ती सृष्टिकर्ताको जप गर्दछन्, उनलाई मन पराउने असङ्ख्य छन्।
ਅਸੰਖ ਪੂਜਾ ਅਸੰਖ ਤਪ ਤਾਉ ॥ असङ्य़ौले उनको अर्चना गर्छन्, असङ्ख्यौ तपस्वीहरू तपस्या गरिरहेका छन्।
ਅਸੰਖ ਗਰੰਥ ਮੁਖਿ ਵੇਦ ਪਾਠ ॥ असङ्ख्य मानिसहरू धार्मिक ग्रन्थहरू तथा वेद आदि मुखले पाठ गरिरहेका छन्।
ਅਸੰਖ ਜੋਗ ਮਨਿ ਰਹਹਿ ਉਦਾਸ ॥ असङ्ख्य नै योग-साधनमा लिन रहेर मनलाई आसक्तिहरूबाट मुक्त राख्दछन्।


© 2025 SGGS ONLINE
error: Content is protected !!
Scroll to Top