Guru Granth Sahib Translation Project

गुरु ग्रन्थ साहिब जी नेपाली अनुवाद

गुरु ग्रन्थ साहिब सिख धर्मको केन्द्रीय धार्मिक ग्रन्थ हो, जसलाई सिखहरूले दस मानव गुरुहरू पछ्याउने अनन्त गुरुको रूपमा मान्छन्। 1604 मा पाँचौं सिख गुरु, गुरु अर्जन द्वारा संकलित, यसमा गुरु नानक देखि गुरु तेग बहादुर सम्म सिख गुरुहरु को भजन र शिक्षाहरु, साथै विभिन्न संतहरु र विभिन्न पृष्ठभूमिहरु को कविहरु को योगदानहरु, जस्तै कबीर र फरीद सम्मिलित छ।

गुरु ग्रन्थ साहिब 1,430 पृष्ठहरू मिलेर बनेको छ र यसले ईश्वरको प्रकृति, सत्य जीवनको महत्त्व, ईश्वरको नाममा ध्यानको मूल्य, र अन्धविश्वास र अनुष्ठानहरूको अस्वीकार सहित विषयवस्तुहरूको विस्तृत श्रृंखलालाई समेट्छ।

 

ਕਥਿ ਕਥਿ ਕਥੀ ਕੋਟੀ ਕੋਟਿ ਕੋਟਿ ॥ 
करोडौं जीवहरूले उनका गुणहरूका विषयमा बताएका छन्, तर पनि उनको वास्तविक रूप पत्ता लगाउन सकिएको छैन।

ਅਸੰਖ ਭਗਤ ਗੁਣ ਗਿਆਨ ਵੀਚਾਰ ॥ 
असङ्ख्य यस्ता भक्तहरू छन् जो ती गुणी निरंकारका गुणहरूलाई मनन गरेर ज्ञान प्राप्त गर्दछन्।

ਆਖਹਿ ਸੁਰਿ ਨਰ ਮੁਨਿ ਜਨ ਸੇਵ ॥ 
संसारका सबै पुण्य कर्म गर्ने मानव, नारदआदि ऋषि-मुनि तथा अन्य भक्तहरूले उहाँको स्तुतिगान गाउँछन्।

ਸਰਮ ਖੰਡ ਕੀ ਬਾਣੀ ਰੂਪੁ ॥ 
(श्रम खण्डमा परमेश्वरको भक्तिलाई प्रमुख मानिएको छ) परमेश्वरको उपासना गर्ने कोशिस गर्ने सन्तहरूको बोली मिठो हुन्छ।

ਹਮ ਕੀਰੇ ਕਿਰਮ ਸਤਿਗੁਰ ਸਰਣਾਈ ਕਰਿ ਦਇਆ ਨਾਮੁ ਪਰਗਾਸਿ ॥੧॥ 
म अति सानो किराका समान प्राणी हुँ, त्यसर्थ हे सतगुरु जी! म तपाईँको सरणमा हाजिर छु, कृपा गरेर मेरो अन्तःकरणमा प्रभु नामको उज्यालो बनाइदिनुहोस्।।१।।

ਤੂ ਕਰਿ ਕਰਿ ਵੇਖਹਿ ਜਾਣਹਿ ਸੋਇ ॥ 
तिमीले नै रचना गरेर प्राणीहरूलाई देखभाल गरिरहेको छौ अनि तिनीहरूको बारेमा सबै कुन्रा जान्दछौ।

ਮਤੁ ਦੇਖਿ ਭੂਲਾ ਵੀਸਰੈ ਤੇਰਾ ਚਿਤਿ ਨ ਆਵੈ ਨਾਉ ॥੧॥ 
कतै यस्तो नहोस् कि म बिर्सिऊँ अनि हाफ्नो हृदयबाट निरंकारको नाम भुलाऊँ।(यस कारण म यस्ता भ्रमित गर्ने वस्तुप्रति हेर्दिन पनि)।।१।।

ਤਾ ਮਨੁ ਖੀਵਾ ਜਾਣੀਐ ਜਾ ਮਹਲੀ ਪਾਏ ਥਾਉ ॥੨॥ 
यस नाम स्मरणरूपी मदिराले मन मस्त भएको तभ मात्र जान्न सकिन्छ, जब जिज्ञासुले निरंकारको स्वरूपलाई पाउँदछ।

ਕੁੰਗੂ ਕੀ ਕਾਂਇਆ ਰਤਨਾ ਕੀ ਲਲਿਤਾ ਅਗਰਿ ਵਾਸੁ ਤਨਿ ਸਾਸੁ ॥ 
शुभ कार्य गऱ्यो भने शरीर केसरजस्तै पवित्र हुन्छ, वैरागमयी वचन बोल्नाले जिब्रो रत्नजस्तै हुन्छ तथा निरंकारको भजन गर्नाले शरीरमा भएको श्वास चन्दनको सुगन्ध समान हुन्छ।

ਪੰਚ ਭੂਤ ਸਚਿ ਭੈ ਰਤੇ ਜੋਤਿ ਸਚੀ ਮਨ ਮਾਹਿ ॥ 
जुन सत्य स्वरूपको भयसँग पाँचै भौतिक तत्व(सम्पूर्ण मान शरीर) जोडिएका हुन्छन् त्यस सत्य स्वरूप परमात्माको परम ज्योति मनमा निवास गर्दछन्।

Scroll to Top
jp1131 https://login-bobabet.net/ https://sugoi168daftar.com/ https://login-domino76.com/
https://e-learning.akperakbid-bhaktihusada.ac.id/storages/gacor/
https://siakba.kpu-mamuju.go.id/summer/gcr/
jp1131 https://login-bobabet.net/ https://sugoi168daftar.com/ https://login-domino76.com/
https://e-learning.akperakbid-bhaktihusada.ac.id/storages/gacor/
https://siakba.kpu-mamuju.go.id/summer/gcr/